इजरायलबाट थप १९ नेपालीको उद्धार « Khabarhub

इजरायलबाट थप १९ नेपालीको उद्धार


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले युद्धग्रस्त देश इजरायलबाट थप १९ नेपालीको उद्धार गरेको छ । 

प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेसँगै स्वदेश फर्किन अनलाइन आवेदन दिएका थप १९ नेपालीलाई भारतीय विमानमार्फत उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । 

नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ  र उर्मिला श्रेष्ठलाई उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भारत हुँदै नेपाल फर्कने उनीहरूलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले सवारीसाधनको व्यवस्था गरेर नेपाल पठाउने मन्त्री साउदले जानकारी दिए । उनीहरू मंगलबार बेलुका ७ बजेसम्म नयाँ दिल्ली आइपुग्ने छन् । 

यसअघि इजरायलबाट २५३ नेपालीलाई नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्काइएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १ : १४ बजे

पदभार ग्रहणका क्रममा गृहमन्त्री गुरुङ : अब सबै फाइल खुल्छन्, कसैलाई छोड्दिनँ

काठमाडौँ- गृहमन्त्रीका रुपमा दोस्रो पटक पदभार ग्रहणका क्रममा सुधन गुरुङले

ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीका थप २ सय १६ जना साना

गृहमन्त्रीमा पदभारलगत्तै सुधनले गरे नारायणहिटी हत्याकाण्ड छानबिनसहित चारवटा निर्णय

काठमाडौं- गृहमन्त्रीमा दोस्रो पटक शपथ लिएका सुधन गुरुङले गम्भीर प्रकृतिकासहित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह

काठमाडौं- हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न