पाटनमा भूकम्पले जीर्ण बनेका सम्पदा अझै त्रिपालमुनि « Khabarhub

पाटनमा भूकम्पले जीर्ण बनेका सम्पदा अझै त्रिपालमुनि


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा ऐतिहासिक सम्पदा छन् । विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएका अधिकांश सम्पदा पुनः निर्माण भए पनि केही अझै पुनः निर्माण प्रक्रियामा छन् ।

पुनः निर्माणका लागि अन्योलमा रहेका जीर्ण सम्पदाहरू अझै पनि त्रिपालमुनि रहेका छन् । जीर्ण रहेका कतिपय सम्पदा कहिले र कसले पुनः निर्माणको जिम्मा लिने भन्ने विषयमा अन्योल छ । पाटन दरबार क्षेत्रका कतिपय सम्पदाहरुलाई गुठी संस्थानले व्यक्तिगत व्यापारिक प्रयोजनका लागि भाडामा दिएको छ । स्थानीयहरुले भाडा तिरेर वर्षौंदेखि सम्पदालाई व्यापारिक प्रयोजनका लागि प्रयोग गरेका छन् । ऐतिहासिक रुपमा रहेका सम्पदाहरू वर्षातको समयमा पानी चुहिने भएकाले छानामा त्रिपाल राखेको देखिन्छ ।

पाटन दरबारको एउटा सम्पदामा व्यवसाय सञ्चालन गरेका तरिका वा आफूले त्यहाँ व्यवसाय सुरु गरेको ३५ वर्ष भएको बताउँछन् । उनले व्यवसाय सञ्चालन गरेको सम्पदामा अरू पनि धेरै पसल छन् । भूकम्पपछि जीर्ण बन्दै गएको सम्पदाको छानामा त्रिपाल राखिएको छ । पाटन दरबार क्षेत्रको ऐतिहासिक तलेजु मन्दिरलाई पनि भूकम्पले क्षति पुर्‍याएको थियो । 

अन्य सम्पदा भूकम्पपछि पुनः निर्माण भए पनि तलेजु मन्दिरको पुनः निर्माणको काम अझै सकिएको छैन । निर्माणको थालनी भएको तलेजु मन्दिर पनि कामको ढिलासुस्तीको कारण त्रिपालमुनि रहेको छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका सूचना अधिकारी शारदा शिवाकोटीले अब काम चाँडै सकिने बताए ।

पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक लामपाटी जीर्ण अवस्थामा छ । जीर्ण अवस्थामा रहेको लामपाटीको एकातिरको छाना पुरै त्रिपालले छोपिएको छ । ऐतिहासिक रुपमा रहेको लामपाटी सम्पदालाई स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले व्यापारिक प्रयोजनका लागि व्यक्तिलाई भाडामा दिएको छ । त्यहाँ एउटा होटल र अन्य व्यवसाय सञ्चालन भइरहेको छ ।

जीर्ण अवस्थामा रहेको लामपाटीको पनि पुनः निर्माण प्रक्रियामा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका सूचना अधिकारी शिवाकोटीले बताए । उनका अनुसार ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा पुनः निर्माण हुने भनेको लामपाटी सम्पदाको काम अझै सुरु भएको छैन ।

 पाटन दरबार सङ्ग्रहालय छेउमा रहेको ऐतिहासिक अदालत भवनमा घाँस उम्रेको छ । घाँसले पुरिन आँटेको जीर्ण भवनको पुनः निर्माण भारतीय राजदूतावासले जिम्मा लिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ४ : १८ बजे

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एसइई पूरक परीक्षामा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक

मौद्रिक नीतिको वार्षिक समीक्षा, बाह्य क्षेत्र बलियो र मुद्रास्फीति न्यून, कर्जा विस्तार सुस्त

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त 

काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका