अपराध अनुसन्धानमा नेपाल प्रहरी सक्षम : मुख्यमन्त्री जम्कट्टेल | Khabarhub Khabarhub

अपराध अनुसन्धानमा नेपाल प्रहरी सक्षम : मुख्यमन्त्री जम्कट्टेल


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अपराध अनुसन्धानमा नेपाल प्रहरीसक्षम रहेको बताएका छन् । 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले ६८औँ प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा र अमनचयनमा नेपाल प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। प्रहरी सङ्गठनलाई समय सापेक्ष रूपान्तरण गर्दै अझ सुदृढ बनाउनुपर्नेमा मुख्यमन्त्री  जम्कट्टेलले जोड दिए ।   

प्रदेशले संविधानमा व्यवस्था गरिएको अधिकार क्षेत्रमा रहेर काम गर्दा सङ्घीय कानुनले विभिन्न बाधा व्यवधान देखाएकाले प्रहरी समायोजनले समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे । प्रदेश सरकारको मातहतमा प्रहरी सङ्गठन आएपछि मातहतका निकायलाई रूपान्तरण गर्दै लैजान सजिलो हुने मुख्यमन्त्री  जम्कट्टेलको भनाइ छ । 

प्रहरी सेवालाई सङ्ख्यात्मक मात्र होइन प्रविधिको प्रयोग गरेर अपराध नियन्त्रण गर्न लाग्नुपर्नेमा उनले जोड दिए। प्रहरी अस्पतालको निर्माण बहुवर्षीय आयोजनाको रुपमा अगाडि बढेको बताउँदै यसका लागि चालु आवबाटै बजेट व्यवस्था गरिएको जानकारी पनि कार्यक्रममा गराइएको छ । 

सोही अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशको शान्ति सुरक्षामा प्रहरी सङ्गठनले खेलेको भूमिकाप्रति  सम्मान व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्वप्रहरी हवल्दार डम्बरबहादुर सापकोटालाई सम्मान गरिएको थियो भने प्रदेश प्रहरीका उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो । साथै  विभिन्न स्थानीय तह, समाजसेवी, सञ्चारक्षेत्र र सङ्घसंस्थालाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले  ६८औँ प्रहरी दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै शान्ति सुरक्षा र अमनचयनमा प्रहरी कटिबद्ध भई लागिरहेको बताए । 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : ५५ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको