बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज काठमाडौँ सेमि फाइनलमा « Khabarhub

बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज काठमाडौँ सेमि फाइनलमा


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मोरङ – बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपअन्तर्गत रारा फुटबल क्लब राजारानी धनकुटालाई व्रिगेड ब्वाइज काठमाडौँले हराएको छ ।

मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मी माविको खेल मैदानमा मङ्गलबारको खेल बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा दुवै टिमबाट ४÷४ गोल भएपछि व्रिगेडका कुशल देउवाको पाँचाँै गोल सडनडेथमा निर्णायक सावित बन्यो ।

प्रतियोगितामा म्यान अफ द म्याच व्रिगेडका गोलकिपर विशाल सुनार घोषित भए । उनले नगद रु पाँच हजार पाए । व्रिगेड ब्वाइज विजयी भएसँगै सेमिफाइनलमा पुगेको छ । यसअघि आयोजक डाँगीहाट युथ क्लब तथा सलहेस युवा क्लब सिराहा सेमिफाइनल पुगिसकेका छन् ।

प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिता विजेताले रुआठ लाख नगद तथा उपविजेताले रु पाँच लाख नगद,ट्रफी र प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष विक्रम वान्तवाले बताए । उनले प्रतियोगिताको फाइनल खेल कात्तिक ४ गते हुने उल्लेख गरे ।

प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहेको छ । बेलबारी क्षेत्रको ब्राण्डका रूपमा स्थापित भइसकेको गोल्डकपको संस्करण मोफसलदेखि अन्तर्राष्ट्रियस्तरसम्म परिचित रहेको खेलका प्रवक्ता तथा सञ्चार संयोजक नरेन्द्र बस्नेतले बताए ।

बुधबारको खेल बिर्तामोड युथ क्लब झापा र लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौँबीच हुने खेल संयोजक भाइकुमार गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १० : २२ बजे

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत