कञ्चनपुरमा पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित « Khabarhub

कञ्चनपुरमा पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा बेमौसमी वर्षाले पाकेको धानबाली भिजाएपछि किसान चिन्तित भएका छन् । पाकेको बाली भित्र्याउने समयमा आएको वर्षाले खेतमा धान भिजाएपछि किसान चिन्तित भएका हुन् ।

सोमबारको वर्षाले काटेको धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी किसान अनिला चौधरीले बताए । “सात÷आठ कट्ठा खेतको काटेको धान भिजाएको छ, एक्कासी पानी आउँदा खेती भित्र्याउनै पाएनौँ”, उनले भने, “भिजेको धान खेतमै छ, घाम पनि लागेको छैन ।”

गाउँमै अढाइ बिघा जमिन अधियाँमा लिएर उनले खेती गर्दै आएका छन्। अधियाँको जमिनमा उब्जाएको खेतीले वर्षभरि खाने चौधरी पाकेको धान खेतमै भिजेपछि चिन्तित छन् ।“थोरै धान कुन्युँ बनाएर राखेका थियौँ, त्रिपालले छोपेर त्यो धान जोगिएको छ”, उनले भने, “अधियाँ बनाएर खानुपर्छ, वर्षाले पाकेको धान खेतमै भिजाएपछि समस्या थपिएको छ ।”

काटेको धान खेतमै भिजेको बताउँदै उनले अझै वर्षा भए धानबालीमा बढी क्षति पुग्ने बताए । गाउँमा ठाउँठाउँमा वर्षाले धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले बताए । “धेरैले धान भित्र्याउन सकेका छैनन्, काटेर धान चुट्नमा किसान व्यस्त छन्”, उनले भने, “यस्तो समयमा भएको वर्षाले किसानलाई दुःखित बनाएको छ ।”

उनले पिपलाडीमा पाँच बिघा जमिनमा धान, तरकारीलगायतको खेती गर्दै आएका छन् । यसवर्ष धान उत्पादन पनि घटेको चौधरीको भनाइ छ ।

“विगतको वर्षमा दुई सय बोरासम्म धान उत्पादन हुन्थ्यो, यो वर्ष धान राम्रो छैन”, उनले भने, “त्यसैमा पानीले भिजाएको छ ।” खेती भित्र्याउने समयमा हुने वर्षाले कञ्चनपुरमा वर्षेनी क्षति हुने गरेको छ । किसानले हरेक वर्ष आउने बेमौसमी वर्षाका कारण पछिल्ला वर्षयता धानबाली राम्ररी भित्र्याउन पाएका छैनन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले ठाउँठाउँमा वर्षाको कारण पाकेको धान भिजेको बताए । “क्षतिको आधिकारिक विवरण आएको छैन, वर्षाले जिल्लाभर १०÷१५ प्रतिशत धान भिजाएको अनुमान छ”, उनले भने, “अहिले किसानलाई धान भित्र्याउने चटारो छ ।” जिल्लाभर अहिलेसम्म ५०÷६० प्रतिशत खेती मात्रै भित्र्याइएको अनुमान छ । अझै पानी पर्ने सम्भावना रहेकाले किसानलाई सतर्कता अपनाउन उनले आग्रह गरे।

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, वेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १० : ५९ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त