चिसो मौसममा छालाको हेरचाह कसरी गर्ने ? « Khabarhub

चिसो मौसममा छालाको हेरचाह कसरी गर्ने ?


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चिसो बढेसँगै धेरै छालाको रोग देखिने गर्छ। चिसोमा छाला सुख्खा हुने, हावा र चिसोले एलर्जी हुने, फुस्रो हुनेलगायत समस्या देखिन्छ। यो समयमा धेरैले अनुहार र हातलाई बढी स्याहार गरेको पाइन्छ। जाडो मौसममा छाला सुख्खा हुँदा चिलाउने, पोल्ने, फुट्ने, औँलाहरू रातो भएर सुन्निने र घाउ हुने जस्ता समस्याले धेरैलाई सताएको हुन्छ। यो मौसममा छालामा कस्ता कस्ता समस्या देखा पर्दछन् ? हामीले कसरी छालाको हेरचाह गर्ने ? तेल वा लोसन के लगाउनु राम्रो हुन्छ ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. शम्भु जोशीसँग गरिएको कुराकानीको सम्पादित अंश :

चिसो मौसममा हाम्रो छालामा के कस्ता समस्या देखिन्छन् ?
हाम्रो छालामा प्रोटेक्सन लेयर हुन्छ। त्यसमा चिसोले असर गर्ने हुँदा यो मौसममा छालामा धेरै समस्या देखिने गर्छ। त्यही असरका कारण छाला फुस्रो हुने हो। छाला फुस्रो भएर विस्तारै फुट्दै जाने र चिरा पर्ने हुन्छ। कडा औषधि खाएको बिरामी, किड्नी ट्रान्सप्लान भएको, मधुमेह भएका व्यक्तिको छाला सुख्खा हुने, चिलाउने, चिसोले एलर्जी हुने, फुस्रो हुने लगायतका समस्या देखिने गर्छन्।

यस्तो समस्या चिसोको कारणले मात्र आउने हो या अन्य कारण पनि छन् ?
यस्तो समस्या चिसोको कारणले नै हुने हो। जाडोमा पसिना पनि आउँदैन, पानी पनि कम पिउने बानी हुन्छ। बाहिरको वातावरण सुख्खा हुन्छ र छालामा सुख्खापन बढ्दै जान्छ। हामीले तेल, लोसन लगाएनौँ भने चिलाउने सुख्खा हुने र धेरै कन्याउँदा घाउसमेत हुन्छ।

जथाभाबी क्रिमको प्रयोगले पनि छाला सुख्खा बनाउने हो ?
आफ्नो छालामा कुन लेबलको क्रिम हामीले लगाउने, शरीरको कुन भागमा कुन लगाउने, बच्चामा के लगाउने त्यो सबैलाई थाहा हुँदैन। पसलमा गएर जुनै क्रिम ल्याए लगाउँदा त्यो मिलेन भने छाला नै बिग्रिन सक्छ। त्यसैले छाला रोग विशेषज्ञलाई नै सोधेर उपचार गर्दा धेरै राम्रो हुन्छ।

छाला सुख्खा हुने समस्या कस्ता मानिसमा बढी हुन्छ ?
यो समस्या घर भित्र नै बस्नेमा त्यसमा पनि आगो ताप्ने, बाहिर बाइक, साइकल चलाउने र बसमा पनि झ्यालहरू खोलेर बस्दा धेरै हावाले हानेर छाला सुख्खा हुन्छ। यो खेतीपातीको मौसम भएको कारणले धान काट्दा एलर्जी हुने, कत्ले रोग जुन वंशाणुगत भएको कारणले पछि छालामा समस्या हुन्छ। जाडोमा तातोका लागि लगाइने उनीे र रङ्गिन कपडाले गर्दा पनि बच्चामा एलर्जी हुन्छ। वृद्धाहरूमा खानपानको समस्याले यो असर देखाउन सक्छ। पानी कम पिउने कारणले पनि छाला सुख्खा हुने र चिलाउने हुन्छ।

खेतबारीमा काम गर्ने वा होटेलमा काम गर्ने मान्छेमा जाडोको बेला चिसो पानी खेलाउनु पर्ने हुदाँ छाला चिसो र सुख्खा हुन्छ। बढी अल्कोहल पिउँदा पनि पानीको मात्र कम भएर छाला सुख्खा हुन्छ। यो इन्फेक्सन कारणले हो। जथाभावी क्रिमको प्रयोगले पनि छालामा समस्या ल्याएको छ।

चिसो मौसममा बिहानदेखि बेलुकासम्म छालाको कसरी ख्याल गर्ने ?
छाला हाम्रो शरीरको संवेदनशील भाग हो। त्यसैले यसलाई तातो र चिसो दुबैबाट बचाउनु पर्दछ। यसको लागि सबैभन्दा पहिला बिहान उठ्ने बित्तिकै सफा पानीले मुख धुने, मुख पुछ्ने तौली पनि आफ्नो छुट्टै बनाउने र मुख पुछ्दा पनि घोटेर होइन विस्तारै ट्यापट्याप गरेर पुछ्ने गर्नुपर्छ। जसले गर्दा छाला माडिने, रातो हुने हुँदैन।

छालामा पहिलादेखि जुन तेल वा लोसन लगाएको छ त्यो नै निरन्तर लगाउने। बच्चाको लागि तेल लगाउने, लोसन लगाइदिने गर्नुपर्छ। बच्चाको लागि लगाइदिन बेबी लोसन पाइन्छ। मौसम अनुसार राम्रो फेसवास प्रयोग गर्नुपर्छ। दिनमा तीनदेखि चार पटकसम्म लोसन लगाउन सकिन्छ। मोइस्चुराइजर क्रिमलगाउने, बेलुका पनि फेसवास गर्ने नाइट क्रिम लगाउने गर्नुपर्छ।

मेकअपको सामग्री छालामा कुन राम्रो हुन्छ भनेर कसरी थाहा पाउने ?
मेकअपको सामग्री पहिला प्रयोग गर्दा घाँटीको तल्लो भागमा र कुहिनामा प्रयोग गर्नुपर्छ। एक दिन राखेपछि सुट गर्यो भने अनुहारमा लगाउन सकिन्छ। आफ्नो छाला कुन हो भनेर जान्ने बिहान उठ्दा छुँदा च्यापच्याप पसिना आउछ भने आइली स्किन हो। मुख धुँदा पनि कडा, हाँस्दा पनि अख्रक्क हुन्छ भने त्यो ड्राइस्किन हो। कसैको मिक्स पनि हुन्छ। त्यसको लागि मिक्स फेसवास लगाउँदा हुन्छ। तर, आफै कागती, चामलको पिठोहरू लगाउँदा भने सचेत हुनुपर्छ।

छालाको हेरचाहका लागि खाने कुरामा पनि ध्यान दिनुपर्छ कि ?
हाम्रो स्किनको लागि खानपिन महत्वपूर्ण हुन्छ। त्यसको लागि रक्सी चुरोट खानु हुँदैन। कार्बोहाइड्रेट र प्रोटिन, सागपात बढी खानुपर्छ। कुनै खाने कुराले एलर्जी भयो भने त्यो खानु हुँदैन। दैनिक रूपमा बाफ लिने र व्यायाम गर्ने गर्नुपर्छ। जाडो बेला गोजीमा सानो बट्टामा मोइस्चराइजर बोकेर हिँड्नुपर्छ। त्यो समय समयमा हात खुट्टामा लगाउनु राम्रो हुन्छ। धेरै चिसोको बेला एकै पटक तातोमा नबस्ने, अल्कोहलबाट बच्ने पानी प्रशस्त मात्रामा पिउने, मौसमी फलफूल खाने गर्नुपर्छ। एकपटक कडा क्रिमहरू लगाउँदा पछि नर्मल हुँदैन। धेरै इन्फेक्सन हुन्छ। केही अरू समस्या आएमा नजिकको छाला रोग विशेषज्ञकोमा गएर सल्लाह लिनुपर्छ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : ५९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको