रूपन्देहीमा बस दुर्घटना, २० जना घाइते « Khabarhub

रूपन्देहीमा बस दुर्घटना, २० जना घाइते


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

बुटवल– रूपन्देहीको देवदहमा बस दुर्घटना भएको छ । काठमाडौँबाट दाङ जाँदै गरेको बा प्र ०३–००१ नम्बरको यात्रुबाहक बस गएराति देवदह नगरपालिका– ८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । 

घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

प्रहरीकाअनुसार उक्त बसमा ३८ जना यात्रु सवार रहेका थिए । बस सडकबाट करिब ५ मिटर तल पल्टिएको थियो । बस चालक प्यूठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १० : ०२ बजे

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ