ऊर्जा संकटमा परेको फिलिपिन्समा अमेरिकाले आणविक लगानीको बाटो खोल्यो « Khabarhub

ऊर्जा संकटमा परेको फिलिपिन्समा अमेरिकाले आणविक लगानीको बाटो खोल्यो


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सान फ्रान्सिस्को– आफ्नो विद्युत आपूर्तिलाई विस्तार गर्न खोजिरहेको फिलिपिन्समा लगानीको बाटो स्पष्ट गर्दै अमेरिकाले बिहीबार फिलिपिन्ससँग आणविक सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।

फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोसको उपस्थितिमा उहाँका रक्षामन्त्रीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग उक्त सम्झौतामा हस्ताक्षर गरे । एक वर्षभन्दा बढी समयदेखि सत्तामा रहेका मार्कोस अमेरिकाको घनिष्ठ सहयोगी बनेका छन् । 

‘हामीले सन् २०३२ सम्म आणविक ऊर्जा फिलिपिनी ऊर्जा मिश्रणको एउटा हिस्सा बन्ने देखेका छौँ र हामी आफ्नो साझेदारहरूमध्येको एक अमेरिकासँग उक्त मार्गमा अगाडि बढ्न पाएकामा अत्यन्त खुशी छौँ’, मार्कोसले भने, ‘आणविक ऊर्जा एउटा यस्तो क्षेत्र हो जसमा हामीले फिलिपिन्स–अमेरिका गठबन्धन र साझेदारी वास्तवमै हाम्रा जनता, अर्थतन्त्र र पर्यावरणका लागि काम गरेको देखाउन सक्छौँ ।’

उनका अनुसार उनले बढ्दो ऊर्जा माग पूरा गर्न सम्पूर्ण देशका लागि किफायती, भरपर्दो र दिगो ऊर्जा आपूर्ति निर्माण गर्न पहिले गरेको वाचा पूरा गर्दै छन्। 

ब्लिङ्केनसँग हस्ताक्षरित सम्झौताले फिलिपिन्सलाई आणविक हतियार उत्पादन गर्न हस्तान्तरण गरिएको आणविक सामग्रीको प्रयोगविरुद्ध सुरक्षा गर्न प्रतिबद्ध गर्दछ । अमेरिकी आणविक ऊर्जा ऐनमा उसको खण्डपछिको १२३ सम्झौता भनेर चिनिने उक्त सम्झौता प्रसारसँग सम्बन्धित कानूनहरूको उल्लङ्घनबाट सावधान बनाउन अमेरिकी आणविक कम्पनीहरूको लगानीका लागि महत्त्वपूर्ण छन् । 

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सन् २०२२ नोभेम्बरमा फिलिपिन्सको भ्रमणका क्रममा १२३ सम्झौताको सुरुआतको घोषणा गरेका थिए। विदेशमन्त्री ब्लिङ्केनले एक वर्ष पूरा भएको १२३ सम्झौताका लागि सबैभन्दा द्रुत भएको बताए। 

हालै वर्षमा अमेरिकाले दुर्घटनाका जोखिमका बारेमा पर्यावरणविदहरूको चिन्तालाई अस्वीकार गर्दै ऊर्जाको भरपर्दो र कार्बनमुक्त रूपमा आणविक ऊर्जालाई उत्साहपूर्वक अँगालेको छ ।

‘फिलिपिन्समा सन् २०४० सम्ममा ऊर्जाको उच्चतम माग झन्डै चार गुणाले बढ्ने अपेक्षा गरिएको छ, आणविक ऊर्जाले धेरै हरितगृह ग्यास उत्सर्जन नगरी निरन्तररूपमा समुदायको महत्त्वपूर्ण आवश्यकताहरू पूरा गर्न पर्याप्तमात्रामा ऊर्जा उत्पादन गर्न सक्छ’, विदेशमन्त्री ब्लिङ्केनले भने । 

फिलिपिन्समा पहिलेदेखि नै यस क्षेत्रको सबैभन्दा धेरै ऊर्जा लागत छ । यो मुलुकको मुख्य द्वीप लुजोनलाई करिब ४० प्रतिशत विद्युत् आपूर्ति गर्ने मालाम्पाया ग्यास क्षेत्र केही वर्षभित्र सुक्न सक्ने अपेक्षा गरिएपछि फिलिपिन्सले आसन्न संकटको सामना गर्नुपरिरहेको छ ।

फिलिपिन्सले आफ्नो जलवायु लक्ष्यको हिस्साका रूपमा आणविकलगायत ऊर्जा समावेश नभएको नवीकरणीय ऊर्जामार्फत सन् २०३० सम्ममा विद्युत् उत्पादनलाई ३५ प्रतिशत र सन् २०४० सम्ममा ५० प्रतिशत बनाउने लक्ष्य राखेको छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  २ : ११ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका