मुलुकमा संघीय जनगणतन्त्रसहितको नयाँ संविधान आवश्यक : मोहन वैद्य « Khabarhub

मुलुकमा संघीय जनगणतन्त्रसहितको नयाँ संविधान आवश्यक : मोहन वैद्य


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले मुलुकमा संघीय जनगणतन्त्रसहितको नयाँ संविधान आवश्यक भएको बताएका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाः ले शुक्रबार ललितपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वैद्यले अहिलेको व्यवस्थाले संघीयताका नाममा जनतालाई झुक्काउने काम भइरहेको भन्दै संघीय जनगणतन्त्रसहितको नयाँ संविधान आवश्यक भएको बताएका हुन् ।

उनले अहिलेको राज्यसत्ता भत्काएर नयाँ राज्यसत्ता बनाउन जनताको साथ लिएर अघि बढ्ने जिकिर गरे । संविधान र संसदीय व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता रहेको उनले बताए ।

वैद्यले संघीयता मान्ने तप्काहरु सरकारमा रहेपनि आवश्यक कानून बनाउन नसकेको आरोप लगाए । उनले रवि लामिछानेको पार्टी पश्चिमा साम्राज्यवादको विकल्प भएको तर्क गरे । वैद्यले नेपाल संवतलाई पूर्णत कार्यान्वयनमा लैजान संघर्ष गर्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ५ : २८ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा