'विषाक्त' कार्य संस्कृतिको दाबीमा कारवाही गर्ने बेलायती रक्षा मन्त्रालयको प्रतिबद्धता | Khabarhub Khabarhub

‘विषाक्त’ कार्य संस्कृतिको दाबीमा कारवाही गर्ने बेलायती रक्षा मन्त्रालयको प्रतिबद्धता


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतको रक्षा मन्त्रालयले शुक्रबार दर्जनौँ वरिष्ठ महिला कर्मचारीहरूले मन्त्रालयभित्र ‘शत्रुतापूर्ण’ र ‘विषाक्त’ वातावरण तथा यौन दुर्व्यवहार र उत्पीडनको गुनासो गरेपछि ‘कारबाही’ गरिरहेको बताएको छ । 

दि गार्जियन अखबारका अनुसार मन्त्रालयको मुख्यालय तथा अन्य स्थानमा नागरिक भूमिकामा काम गर्ने करिब ६० महिलाले गत महिना आफ्ना शीर्ष निजामती कर्मचारीलाई पत्र लेखेर गुनासो गरेका थिए । कथित अनुभवहरूको बेनामी साक्षीहरूसँगै पत्रमा महिला कर्मचारीहरूलाई पुरुष कर्मचारीहरूद्वारा प्रस्ताव गरिएको, जबरजस्ती छोएको र बारम्बार छोएको दाबी गरिएको थियो । 

‘हामीले उठाइएका गम्भीर मुद्दाहरूको सम्बोधन गर्न कारबाही गरिरहेका छौँ’, गार्जियनको समाचारपछि बेलायतको सबैभन्दा ठूलो सरकारी विभागमध्येको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘कुनै पनि महिलालाई असुरक्षित महसुस गर्न दिनुहुँदैन, यो व्यवहार सह्य हुनेछैन, हामी यस्तो किसिमको अक्षम्य व्यवहार अनुभव गरेको वा देखेको जो कोहीलाई तुरुन्तै रिपोर्ट गर्न प्रोत्साहित गरिरहने छौँ ।’

यो दाबी मुख्य बेलायती प्रतिष्ठानमाथि यौन उत्पीडन र अन्य विषाक्त कार्य अभ्यासको नवीनतम आरोप हो । संसद्, लन्डनको मेट्रोपोलिटन प्रहरी र अन्य बल तथा ब्रिटिस उद्योग परिसङ्घ (सिबिआई) मा काम गर्ने महिला कर्मचारीहरू हालैका वर्षहरूमा गम्भीर गुनासो लिएर आएका छन् । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : ०१ बजे

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग

सिरहा– चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी

जाडोमा बाथको जोखिम किन हुन्छ ?

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथरोग भएका

पर्यटन प्रवर्द्धनका लागि बागलुङ महोत्सव गरिने

बागलुङ– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति

‘पाँच सय करोड क्लब’मा स्थान बनाएका चार फिल्म

काठमाडौँ– बक्स अफिस कलेक्सनमा पाँच सय करोड बलिउड फिल्म सर्वाधिक

कुबेरको पूजा गर्नाले के के प्राप्ति हुन्छ ?

मानव जीवनमा धन सम्पत्तिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हरेक