भूकम्प पीडितलाई चिनियाँ दूतावासद्वारा एक लाख डलर सहयोग | Khabarhub Khabarhub

भूकम्प पीडितलाई चिनियाँ दूतावासद्वारा एक लाख डलर सहयोग


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालस्थित चिनियाँ दूतावासले जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि एक लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ ।

शुक्रबार काठमाडौंस्थित चिनियाँ दूतावासमा आयोजित कार्यक्रममा राजदूत चेन सङले उक्त रकम नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिंह ऐरलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा राजदूत सोङले नेपाल र चीन असल छिमेकी भएको भन्दै एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने परम्परा बताए । उनले भने, ‘नेपाल र चीन असल छिमेकी भएको कारण एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने परम्परा छ । हामी क्षतिको बिस्तृत विवरण प्राप्त भएपछि नेपाल सरकार र प्रदेश सरकारलाई थप सहयोग उपलब्ध गराउनेछौं ।’

नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष ऐरले सहयोगप्रति आभार प्रकट गर्दै नेपाल रेडक्रस सोसाइटीले भूकम्प लगतै तत्काल सहयोग शुरु गरेको र प्राप्त रकम भूकम्प प्रभावितहरूको सहयोगमा उपयोग गरिने बताए ।

त्यस्तै कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले भूकम्पपश्चात तत्काल उद्धारका साथै क्षतिको विवरण संकलन र राहत वितरणमा नेपाल रेडक्रस सोसाइटीबाट भइरहेका गतिविधिहरूका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापा, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठ, सामान्य प्रशासन विभागका निर्देशक दिव्यराज पौडेल, आर्थिक प्रशासन विभागका बरिष्ठ लेखा अधिकृत पत्रुश राई र चिनिया प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ८ : ४३ बजे

युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने अमेरिकाको घोषणा

काठमाडौं– अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको

इलाममा कसले जित्ला ? ‘एक्जिट पोल’ नै रद्द !

काठमाडौं- अन्तरराष्ट्रिय अभ्यास अनुसार चुनावको सर्वेक्षण दुई किसिमबाट हुन्छ ।

बागलुङ कालिकामा ४० लाख भेटी संकलन

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा

‘ओलीले हामीलाई हेप्ने काममात्रै गर्छन्‌’ : नेपाल

मकवानपुर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का

बन्दीपुरमा ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम

तनहुँ–  बन्दीपुर गाउँपालिकामा  ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम सुरु गरिएको छ ।