भूकम्प पीडितलाई चिनियाँ दूतावासद्वारा एक लाख डलर सहयोग « Khabarhub

भूकम्प पीडितलाई चिनियाँ दूतावासद्वारा एक लाख डलर सहयोग


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालस्थित चिनियाँ दूतावासले जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि एक लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ ।

शुक्रबार काठमाडौंस्थित चिनियाँ दूतावासमा आयोजित कार्यक्रममा राजदूत चेन सङले उक्त रकम नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिंह ऐरलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा राजदूत सोङले नेपाल र चीन असल छिमेकी भएको भन्दै एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने परम्परा बताए । उनले भने, ‘नेपाल र चीन असल छिमेकी भएको कारण एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने परम्परा छ । हामी क्षतिको बिस्तृत विवरण प्राप्त भएपछि नेपाल सरकार र प्रदेश सरकारलाई थप सहयोग उपलब्ध गराउनेछौं ।’

नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष ऐरले सहयोगप्रति आभार प्रकट गर्दै नेपाल रेडक्रस सोसाइटीले भूकम्प लगतै तत्काल सहयोग शुरु गरेको र प्राप्त रकम भूकम्प प्रभावितहरूको सहयोगमा उपयोग गरिने बताए ।

त्यस्तै कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले भूकम्पपश्चात तत्काल उद्धारका साथै क्षतिको विवरण संकलन र राहत वितरणमा नेपाल रेडक्रस सोसाइटीबाट भइरहेका गतिविधिहरूका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापा, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठ, सामान्य प्रशासन विभागका निर्देशक दिव्यराज पौडेल, आर्थिक प्रशासन विभागका बरिष्ठ लेखा अधिकृत पत्रुश राई र चिनिया प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ८ : ४३ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी