कोशीमा एमालेलाई सरकारमा ल्याउने प्रयास जारी छ : शेखर कोइराला | Khabarhub Khabarhub

कोशीमा एमालेलाई सरकारमा ल्याउने प्रयास जारी छ : शेखर कोइराला


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा आफुहरुले नेकपा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताएका छन् ।

शुक्रबार विराटनगर बिमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै नेता कोइरालाले अहिले पनि कोशी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भईरहेको बताउदै बजेट आएपछि सरकारले पूर्णता पाउने समेत बताए ।

उनले अब पनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको धारणा राखे। नेता कोइरालाले जनतालाई आशा देखाउने गरी सरकारले काम गर्न नसकेको बताउदै चिन्तित हुनुपर्ने अवस्था भने नआएको जिकिर गरे गणतन्त्र खराब व्यवस्था नभएपनि राजनैतिक दलका नेताहरुको कारण बद्नाम भएको र जनतामा निराशा छाएको धारणा राखे ।

नेता कोइरालाले मिडियाले सरकारको विरोध गर्ने कार्यलाई सल्लाहका रुपमा लिएर सच्चिदै जानुपर्ने र सरकार प्रमुखबाट बेला बेलामा भईरहेको अभिव्यक्तिले पनि अराजकता निम्तिएको बताए। नेता कोइरालाले अन्य देशहरुको उदाहरण दिदै सामाजिक संजालहरुलाई नियमन गर्नुपर्ने बेला सरकारले टिकटक माथि प्रतिबन्ध लगाउनु ठूलो गल्ती भएको बताए ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : ४१ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।