आज २०८० साल पुस १ गते आइतबारको राशिफल « Khabarhub

आज २०८० साल पुस १ गते आइतबारको राशिफल


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस १ गते आइतबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। २७ नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र उसको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेषः बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध र दाम्पत्य जीवन सफल देखिन्छ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। बन्धु र कुटुम्बसँग सचेत हुनुपर्नेछ।

वृषः आफन्तबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुमधुर बन्नेछ। व्यापार व्यवसायमा लाभ हुनेछ। मान्यजनबाट असहयोग हुनेभएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

मिथुनः वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउने हुनाले खानपानमा ख्याल गर्नुहोला। दाम्पत्य जीवनमा असफलता मिल्नेछ।

कर्कटः दिन राम्रो छ। आर्थिक, सामाजिक र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा गडबढी हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। गुमेको धन प्राप्त हुने योग छ।

सिंहः दिन सामान्य छ। आफ्नै बोलीले साथी टाढिने छन्। व्यापारमा घाटा हुने देखिन्छ। शिक्षा र स्वास्थ्यमा राम्रो देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले खुशी दिनेछ।

कन्याः दिन राम्रो छ। हिम्मत गरेर अगाडि बढेमा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हात लाग्नेछ। पारिवारिक झमेला आउन सक्छ। सामाजिक सेवा गर्नुभयो भने दिन सफल हुनेछ।

तुलाः सूर्यलाई पानी चढाएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षा र व्यापारमा गरेको लगानीले उपलब्धि हात पर्नेछ। यात्रा रमाइलो हुनेछ। पारिवारिक झन्झट भने भोग्नुपर्ने हुनसक्छ।

वृश्चिकः दिन सामान्य छ। आफन्तबाट असहयोग हुनेछ। आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। शिक्षा र स्वास्थ्यमा सोचेका काम अधुरै रहने छन्। प्रेम सम्बन्ध राम्रो हुनेछ।

धनुः दिन राम्रो छ। गुमेको धन हातलाग्ने योग छ। वैदेशिक लगानीमा फस्ने सम्भावना देखिन्छ। अन्याय भएको भए न्याय पाउने देखिन्छ। गणेशको पूजा गरेमा संकट टर्नेछ।

मकरः झुटा आरोप लाग्न सक्छन्। अन्यायको सिकार हुने योग छ। तपाईंको बोलीले धेरै दोष शान्त हुनेछन्। शिक्षा, स्वास्थ्य र व्यापारमा लगानी नगर्नु राम्रो हुन्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दिन सामान्य छ। अरुले गरेको गल्तीको अपजस बोक्नुपर्ने हुनसक्छ। राजनीतिक भीडभन्दा टाढै बस्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारमा राम्रो देखिन्छ।

मीनः दिन राम्रो छैन। बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। आर्थिक कारोबारमा झन्झट भोग्नुपर्छ। वैदेशिक लगानी र रोजगार राम्रो बन्ने देखिन्छ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ५ : ०९ बजे

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत