स्पेनिस ला लिगा : बार्सिलोना र भ्यालेन्सियाले खेले बराबरी | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोना र भ्यालेन्सियाले खेले बराबरी


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र भ्यालेन्सियाले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेका छन् ।

बार्सिलोनाका जाआओ फेलिक्स र भ्यालेन्सियाका ह्युगो गुइलामोनले एक–एक गोल गरेका थिए । खेलको ५५औँ मिनेटमा फेलिक्सको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । तर सो अग्रता जोगाउन नसक्दा बार्सिलोना अंक बाँड्न बाध्य भयो ।

त्यसपछि खेलको ७०औँ मिनेटमा भ्यालेन्सियाका गुइलामोनले एक गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

यो बराबरीसँगै बार्सिलोना १७ खेलबाट ३५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भ्यालेन्सिया २० अंकसहित १०औँ स्थानमा छ ।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ९ : २४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास