मिलिजुली कालिञ्चाेक साकोसको नवनिर्मित भवन उद्घाटन  | Khabarhub Khabarhub

मिलिजुली कालिञ्चाेक साकोसको नवनिर्मित भवन उद्घाटन 


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

दाेलखा– दोलखाको सदरमुकाम चरिकोटमा केन्द्रीय कार्यालय रहेको मिलिजुली कालिञ्चाेक बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवन निर्माण सम्पन्न गरेको छ।

भीमेश्वर नगरपालिका ६ स्थित बीचबजार चरिकोटमा नवनिर्मित भवन आइतबार संस्थाकाे ३०औं साधारणसभाको अवसर पारेर उद्घाटन गरिएको हो ।

संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय अध्यक्ष मिनराज कँडेलले एक समारोहबीच नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै अध्यक्ष कँडेलले दोलखका धार्मिक तथा प्राकृतिक सम्पदासँगै सहकारी क्षेत्रले पनि दोलखालाई देशभर चिनाएकोले धेरै मानिस यस जिल्लाको सहकारी अवलोकन गर्न आउने गरेको बताए ।

दोलखाका सहकारी संघ संस्थाले सहकारीको माध्यम बाट जनताको जीविकोपार्जनमा टेवा पुर्याउँदै आएको उल्लेख गरे । उनले सहकारीले सीमित कर्मचारीलाई रोजगार दिनुभन्दा पनि अब शेयर सदस्यलाई पनि आत्मनिर्भर बनाउन तर्फ लगानी वृद्धि गर्दै श्रमिक उत्पादन गरेर रोजगार सिर्जना गर्नुपर्ने धारणा राखेका थिए। दोलखा सहकारी क्षेत्रको रूपमा देशकै नमुना जिल्ला भएकाले यहाँका सहकारी संघ संस्थाले एकीकृत पुँजी निर्माण गरेर निजी क्षेत्रमा लगानी वृद्धि गर्दै रोजगार वृद्धि गर्नुपर्ने उल्लेख गरे ।

देशमै आर्थिक रूपमा ठूलाे मानिएका जनसचेत, फ्रेन्सिप, मिलिजुली,जनमुखी,जनकल्याण  लगायतका सहकारीले ऋण लगानी गर्दा रोजगार र उत्पादनमा केन्द्रित बन्नु पर्ने बताए । पछिल्लो समय केही सहकारीको कारण सिङ्गो सहकारी क्षेत्रमा नकारात्मक टिप्पणी आउन थालेकाले यहाँका सहकारीले नाफामुखी नभई सदस्यको हकहितमा केन्द्रित बन्नु पर्ने बताए ।

२०५० साल भदौ ७ गते स्थापना भएको मिलिजुली कालिञ्चोक साकोस दोलखाको पुरानो र उत्कृष्ट सहकारीमध्येमा पर्दछ । नव निर्मित भवनमा सुविधाजनक हल, व्यवस्थित कार्यालयलगायतको सुविधा रहेको छ ।

२०७५ सालमा शिलान्यास गरिएको उक्त भवन एक रोपनी ४ आना जग्गामा निर्माण गरिएको हो ।भवन निर्माणमा हालसम्म पाँच करोड ६२ लाख खर्च भैसकेको मिलिजुली कालिञ्चाेक साकोसका निवर्तमान अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताए।

अध्यक्ष श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्म संस्थामा बाल बचतकर्तासहित ३४ हजार ३ सय ३४ जना शेयर सदस्यहरू रहेका छन् भने कुल पुँजी १ अर्ब २६ करोड, १५ लाख ५ हजार ४१७ रुपैयाँ पुगेको छ। यसैबीच यस साकोसको आगामी चार वर्षको लागी सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।

वर्तमान अध्यक्ष श्रेष्ठ नेतृत्वको ४ वर्षको कार्यकाल सकिएकाले संस्थाले कृष्णबहादुर गौतमको अध्यक्षयता १९ सदस्यीय नयाँ सञ्चालक समिति  र नारायण प्रसाद सापकोटाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको छ।संस्थाले ३०औँ वार्षिक साधारणसभाको अवसरमा विभिन्न विधामा सेयर सदस्य, बाल बचत कर्ता र पत्रकारलाई समेत सम्मान गरेको छ।नवनिर्मित भवनको काम सम्पन्न भएकाले अब चाडै संस्थाले भाडाको घर छाडेर केहि दिनमै आफ्नै भवनमा सरेर सेवा विस्तार गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ।

सुबास बस्नेत 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : १० बजे

आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो 

काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का

पाकिस्तानका सबै सरकारी उद्योग निजीकरण गर्ने घोषणा

एजेन्सी – देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले

पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना समातिए

कास्की – पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने

काठमाडौं – उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको

नीति तथा कार्यक्रममा समेटियो श्रम मन्त्रालयका ८ बूँदा

काठमाडौं – सरकारले आज संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष