राष्ट्रियसभा निर्वाचनमा भाग लिने १२ दलले पाए चुनाव चिन्ह « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा भाग लिने १२ दलले पाए चुनाव चिन्ह


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ ।

आज बसेको आयोगको बैठकले १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ११ गते हुँदैछ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

चुनाव चिन्ह प्राप्त गर्ने राजनीतिक दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी रहेका छन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : २९ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल