यू-१९ एसिया कपको उपाधि बङ्गलादेशलाई | Khabarhub Khabarhub

यू-१९ एसिया कपको उपाधि बङ्गलादेशलाई


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यू-१९ एसिया कपको फाइनलमा बङ्गलादेशले युएईलाई १ सय ९५ रनको फराकिलो अन्तरले हराएको छ ।

पाकिस्तानलाई हराउँदै फाइनल प्रवेश गरेको युएईले बङ्गलादेशसँग बिर्सन लायक प्रदर्शन गर्‍यो ।

२ सय ८३ रनको लक्ष्य पछ्याएको युएईले २४.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो ।

बङ्गलादेशका बलर सामु युएईका दुई जना खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । युएईका ध्रुव परासरले नटआउट २५ रन जोड्दा अक्षत राइले ११ रन बनाए ।

बलिङमा बंगलादेशका मारुफ मृधा र रोहनत बोरसनले ३–३ विकेट लिए। इकबाल हुसेन र शिख जिबोनको नाममा २–२ विकेट रह्यो।

युएईमा घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २८२ रन बनायो । बंगलादेशका लागि ओपनर अशिकुर रहमान शिब्लीले शतक प्रहार गरे। उनले १२९ रन जोड्दा चौधुर रिजवानले ६० रन र अरिफूल इस्लामले ५० रन बनाए।

बलिङमा युएईका अयमन अहमेदले ४ विकेट लिए। भारतलाई सेमिफाइनलमा हराएर बङ्गलादेशले प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा भाग लिएको नेपाल भने समूह चरणबाट बाहिरिएको थियो । नेपालले समूह चरणमा भारत, पाकिस्तान र अफगानिस्तान तीनै टिमसँग हार बेहोरेको थियो।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ५ : ३५ बजे

रुस–युक्रेन युद्ध : करिब २ हजार बालबालिकाको मृत्यु

काठमाडौं– युनिसेफले सन् २०२२ को फेब्रुअरीदेखि रुस–युक्रेन युद्धमा करिब २

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

आईपीएल : आज राजस्थान र पञ्जाव भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको