सहकारी पीडित धर्नामा | Khabarhub Khabarhub

सहकारी पीडित धर्नामा


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन् ।

गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता बचत फिर्ताका लागि धाएका दुई वर्षसम्म पनि जम्मा गरेको पैसा पाउन नसकेपछि धर्ना र सहकारीका सञ्चालकविरुद्धको विरोधमा दैनिक एकजुट हुन थालेका हुन् ।

सहकारीले दुई वर्षदेखि मागे जति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारी पीडित सङ्घर्ष समितिले जनाएको छ । समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा सात हजार सात सयभन्दा बढी बचतकर्ता छन् । सहकारीमा बचतकर्ताको रु एक अर्ब २० करोड ८० लाख चार सय ८० रहेको उहाँले जानकारी दिए ।

समितिले सहकारी विभाग नयाँबानेश्वरमा सञ्चालक समितिसँग गरेको बैठकका क्रममा रु ६० करोड ऋण विना धितो लगानी गरेको सुनाएका थिए । त्यसमध्ये धेरै रकम सञ्चालकले आफन्तका नाममा प्रवाह गरेका छन् । रु छ करोड मात्र धितो राखेर लगानी गरेको पाइएको सहकारी बचत पीडित समस्या समाधान कार्यदलका अध्यक्ष राजेशकुमार विष्टले सुनाए ।

धर्नामा दैनिक पीडितको सङ्ख्या बढ्न थालेको छ । पीडित बढ्न थालेपछि जोरपाटी सुन्दरीजल सडक अवरुद्ध नहोस् भनी ट्राफिक प्रहरी नै खटाउन थालिएको छ ।

आजको धर्नालाई सम्बोधन गर्दै सहकारी बचतकर्ता राष्ट्रिय अभियानका अध्यक्ष कुस्लव केसीले बचतकर्ता समस्यामा परेकाले राज्यले बचतकर्तासँग लिएको पाँच प्रतिशत रकम फिर्ता गरेर समस्या समाधानमा सहयोग गर्नुपर्नेमा जोड दिए । राजनीति गर्नेहरु मिलेर सहकारीमा समस्या आएको उल्लेख गर्दै उनले बचतकर्ता एक भएर सडकमा आएमात्र बचत फिर्ताका लागि दबाब सृजना हुने भनाइ राखे ।

सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ भने गत असोजसम्म सङ्घर्ष समितिमा बसेकालाई लाख रुपैयाँ र साधारण बचतकर्तालाई हजार रुपैयाँका दरले पैसा बाँडिएको बताए।

छ महिनाअघिदेखि नै सहकारीका सञ्चालक, कर्मचारी कार्यालय आउन छोडेका छन् । सहकारी बन्द भएको छैन भन्ने देखाउनकै लागि मात्र कार्यालय खोल्ने कर्मचारी पठाएर कार्यालय खोल्ने गरिएको पीडित रोजी पोखरेलले बताए । दैनिक जाँदा पनि कर्मचारी, सञ्चालक नभेटिने तर कार्यालयको मूल ढोकामात्र खुल्ने गरेको उनले बताए ।

सहकारीमा बचत गरेर समस्या परेका बेला गर्जो टार्ने आशा गरेका पीडित भने दैनिक सहकारीको कार्यालय पुगेर निराश हुँदै फर्कने गरेका छन् । सहकारीले पैसा फिर्ता नगरेपछि धेरै बचतकर्ताले बिरामी भएका बेला उपचार गर्न पनि पाएका छैनन् ।

सहकारीका कर्मचारी राजकुमार श्रेष्ठले रु ७० लाख ऋण लिएको भेटिएको सङ्घर्ष समितिका अध्यक्ष सुवास श्रेष्ठले बताउनुभयो । बचतकर्ताको बचत फिर्ता गर्न नसकेको सहकारीका सञ्चालक राधेश्याम श्रेष्ठ भने अहिले विदेश गएका छन् । श्रेष्ठ अष्ट्रेलियाबाट फर्केर सहकारीको बचत फिर्ता गर्न नसकेर समस्या भएपछि अमेरिका गएको समितिले जनाएको छ । सहकारीका सञ्चालक र धेरै कर्मचारी एउटै टोल गोकर्णेश्वर नगरपालिका वडा नं. ४ चौताराका रहेको पीडित बचतकर्ताको भनाइ छ ।

सहकारी खोलेपछि सञ्चालकका झुपडी दरबारमा बदलिएको तर बचतकर्ताको पैसा फिर्ता हुन नसकेकाले पीडित सङ्गठित हुन थालेका हुन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १० : ०८ बजे

क्षतिको मूल्यांकन गरी स्थानीय तहमा बजेट दिइने

काठमाडौं– सरकारले बाढीपहिरोबाट स्थानीय तहहरूमा भएको क्षतिको मूल्यांकन गरी आवश्यकताअनुसार

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

म्याग्दी– धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु

कर्मचारी व्यवस्थापनमा मन्त्रालयले हस्तक्षेप गरेको समितिको गुनासो

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले कर्मचारी व्यवस्थापनमा वन

सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने

चौतारा– सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने  तयारी गरेको छ

बाढीपहिरो पीडितलाई सिजी इलेक्ट्रोनिक्सले ल्यायो ‘सहायता सेवा’  

काठमाडौं– सिजी इलेक्ट्रोनिक्सले बाढीपहिरो पीडितलाई ‘सहायता सेवा’ नामक कार्यक्रम सञ्चालनमा