पूर्वाधार विकासलाई प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री ज्वाला « Khabarhub

पूर्वाधार विकासलाई प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री ज्वाला


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वाधार विकासलाई प्रविधिमैत्री बनाउन सकिए बजेट र समयको बचत हुनाका साथै जीवनयापनसमेत सहज हुने बताएका छन् ।

कृत्रिम बौद्धिकता (एआई) मा आधारित अमेरिकी कम्पनी ‘डिजिटल ट्विन टेक’ को नेपालमा थालनी भएको अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घको सहकार्यमा आज आयोजित कार्यक्रममा मन्त्री ज्वालाले उद्योग, कृषि, सडक, रेल, सुरुङ निर्माणमा प्रविधिको प्रयोग आवश्यक भएको बताएका हुन् ।

उनले परियोजना विकास र अनुगमनका लागि प्रविधिको सहयोगले समय र खर्च कम लाग्नाका साथै मानवीय जीवनसमेत जोखिमबाट जोगिने जनाए ।

महासङ्घका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणमा नवीन प्रविधिलाई प्रयोगमा ल्याउन उद्यमी–व्यवसायीले सक्रिय भूमिका निर्वाह गर्ने बताए । प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार रामदीप आचार्य, उद्यमी डा उपेन्द्र महतोलगायत सहभागी कार्यक्रममा ‘डिजिटल ट्विन टेक’ नेपालका प्रमुख अध्यक्ष डिबी चन्दले उक्त प्रविधिबारे जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १० : १८ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर