पूर्वाधार विकासलाई प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री ज्वाला « Khabarhub

पूर्वाधार विकासलाई प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री ज्वाला


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वाधार विकासलाई प्रविधिमैत्री बनाउन सकिए बजेट र समयको बचत हुनाका साथै जीवनयापनसमेत सहज हुने बताएका छन् ।

कृत्रिम बौद्धिकता (एआई) मा आधारित अमेरिकी कम्पनी ‘डिजिटल ट्विन टेक’ को नेपालमा थालनी भएको अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घको सहकार्यमा आज आयोजित कार्यक्रममा मन्त्री ज्वालाले उद्योग, कृषि, सडक, रेल, सुरुङ निर्माणमा प्रविधिको प्रयोग आवश्यक भएको बताएका हुन् ।

उनले परियोजना विकास र अनुगमनका लागि प्रविधिको सहयोगले समय र खर्च कम लाग्नाका साथै मानवीय जीवनसमेत जोखिमबाट जोगिने जनाए ।

महासङ्घका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणमा नवीन प्रविधिलाई प्रयोगमा ल्याउन उद्यमी–व्यवसायीले सक्रिय भूमिका निर्वाह गर्ने बताए । प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार रामदीप आचार्य, उद्यमी डा उपेन्द्र महतोलगायत सहभागी कार्यक्रममा ‘डिजिटल ट्विन टेक’ नेपालका प्रमुख अध्यक्ष डिबी चन्दले उक्त प्रविधिबारे जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १० : १८ बजे

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा