घाँटीमा खानेकुरा अड्किदा खानानलीमा प्वाल पर्नसक्छ « Khabarhub

घाँटीमा खानेकुरा अड्किदा खानानलीमा प्वाल पर्नसक्छ


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सानो उमेरका बालबालिकालाई हेरचाहमा धेरै ध्यान दिनुपर्ने हुन्छ। कतिपय अवस्थामा ख्याल गर्दा पनि उनीहरूको घाँटीमा खानेकुरा अड्किने समस्या धेरै कठिन बन्ने गर्छ। बालबालिका जिज्ञासु हुन्छन्। दुई वर्षको उमेरसम्म हरेक वस्तु मुखमा हाल्ने तथा खाने उनीहरूको बानी हुन्छ। ती वस्तुको बारेमा जान्नको लागि बालबालिकाले केही सेकेन्डको लागि मुखमा हाल्ने बानीलाई माउथिङ भनिन्छ। २ वर्ष भन्दा बढी उमेरका बालबालिकाले कुनै वस्तु मुखमा हालेर निल्ने क्रममा श्वासनली, खानानली तथा फोक्सोमा अड्कियो भने त्यो निकै जोखिम हुन्छ। केही बालबालिकामा निमोनियाको समस्या समेत हुन्छ। बालबालिकाको जिज्ञासा र जे कुरा पनि खान खोज्ने बानी तथा त्यसले निम्त्याउने समस्याका विषयमा कान, नाक, घाँटी रोग विशेषज्ञ डा. विज्ञानराज ज्ञवालीसँग त्रिगुणा भट्टराईले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय बालबालिकाको घाँटीमा देखिने समस्या कस्ता छन् ?
बालबालिकाको श्वासको र खानानलीमा अड्किने कुराहरु एकदमै सामान्य हुन्छन्। प्राय बच्चाहरुले आफ्ना भावनाहरुलाई व्यक्त गर्ने सुरुको अवस्थामा मुखले गर्न खोजेको पाइन्छ। त्यस्तफ अवस्थामा चना, मकै जस्ता दाना भएका खानेकुरा वा अरु केही बस्तु मुखमा लिराखेको अवस्थामा हाँस्दा, रुदा, खोक्दा श्वासनलीसम्म पुग्न सक्छ र अड्किन सक्छ। यस्तो बच्चाहरुको अप्रेसन महिनामा आठदेखि १० वटासम्म गर्नुपर्ने अवस्था छ।

त्यसरी घाँटीमा अड्किएपछि कति समयसम्म उपचार गर्नु पर्छ र जोखिम कस्तो हुन्छ ?
बालबालिकाको घाँटीमा जे कुरा अड्किए पनि निकाल्नै पर्छ। यो समस्या खानानलीमा बढी देखिन्छ। यो जोखिमपूर्ण हुन्छ। कारण थाहा पाएपछि बच्चालाई अप्रेसन थियटरमा लगेर अप्रेसन गरिहाल्न मिल्दैन। समय र स्वास्थ्य हेरेर गर्नुपर्ने हुन्छ। बच्चालाई बेहोस गराएर गर्नु पर्ने हुन्छ।

खान नहुने कुराहरु अड्किए पछि त्यहाँ भएको छाला तथा टिस्युलाई पोल्छ, त्यसको असर कति जोखिमपूर्ण हुन्छ ?
खानानलीमा बटम ब्याट्री हालेर कति मिनेटमा इन्जुरी हुनसक्छ। कसरी उपचार गराउन सकिन्छ अध्ययन भएको छ। यदि बच्चाले सानो खालको कुनै नयाँ ब्याट्री खाएको छ भने १५ मिनेटदेखि नै त्यसको असर सुरु हुन्छ। २४ घण्टामा त त्यसले खानानलीमा प्वाल पार्न सक्छ।

बच्चाले खाएको कुनै वस्तुको दाना फोक्सोमा अड्किदा कस्तो खालको असर हुन्छ ?
यो सामान्य हुन्छ। सुरुमा त्यसरी खाएको कुरा सड्केर खोक्न थाल्यो, निलो भयो भने थाहा पाउनु पर्छ। कतिपय अवस्थामा केही उपाय नलागेपछि पनि सिटी स्क्यान गर्नुपर्छ।

त्यसरी खानेकुरा अड्किएपछि घरेलु उपाय अपनाउने कारण के छ ?
कहिलेकाहीँ घरेलु उपचारले पनि जीवन बच्न जान्छ। जसकारण घरेलु उपाय पनि महत्वपूर्ण छ। कहिलेकाहीँ पेट थिचेर पनि निकाल्न सकिन्छ। यो भनेको एक्लोपन भएको अवस्थामा अपनाउन सकिन्छ।

त्यसरी खानेकुरा अड्किदा शल्यक्रिया गरेर निकालेपछि बच्चाको कसरी ध्यान दिनुपर्छ ?
ब्रङकोस कोपको सर्जरी गरेमा धेरै ध्यान दिन आवश्यक हुन्छ। यो कार्य गर्न धेरै असहज हुन सक्छ। यसबाट पनि भएन भने छाती चिरेर पनि निकाल्नु पर्ने हुन्छ। यो शल्यक्रिया जोखिमपूर्ण हुन्छ।

(एभिन्युज टेलिभिजनसँगको सहकार्यमा कुसुम गौतमको प्रस्तुति)

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ७ : ५६ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच