समयमै पानी र हिउँ नपर्दा किसान चिन्तित « Khabarhub

समयमै पानी र हिउँ नपर्दा किसान चिन्तित


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– यस वर्ष समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङका किसान चिन्तित भएका छन् । विगतका वर्षमा मङ्सिर तेस्रो सातादेखि हिउँ पर्ने म्याग्दीका उच्च पहाडी क्षेत्र तथा मुस्ताङमा यस वर्ष माघ लागिसक्दा पनि हिउँ नपरेपछि बालीनाली सुक्न थालेका छन् भने हिमालहरू कालोपत्थरमा परिणत हुँदै गएका छन् ।

हिउँदमा पानी नपरेपछि हिउँदे खेती सिँचाइको अभावमा खेत, बारीमा नै सुक्दै गएको म्याग्दीका अगुवा किसान चन्द्रबहादुर कार्कीले बताए । पहिला यो समयमा मुस्ताङका खेतबारी र डाँडापाखा हिउँले ढाकिन्थे । तर यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी सुक्खा भएको मुस्ताङको मार्फाका कृषक शोभा गुरुङले जानकारी दिए ।

म्याग्दी जिल्लाको माथिल्लो क्षेत्रमा गत वर्ष पुस नलाग्दै हिउँ परेको थियो । यस वर्ष माघमा समेत हिउँ नपर्दा आलु, उवा, गहुँ जस्ता बाली बारीमै सुक्न थालेको किसानहरू बताउँछन् । समयमा हिउँ र पानी नपरे पनि यो वर्ष गत वर्षभन्दा धेरै चिसो महसुस भएको उच्च लेकाली क्षेत्रका बासिन्दा बताउँछन् । हिउँ पर्ने समयमा हिउँ नपरेको र जलवायुको तापक्रमसमेत बढ्दै गएकाले यहाँका बासिन्दा चिन्तित छन् । 

वनजङ्गलको तीव्र फँडानी, विभिन्न हानिकारक ग्यासको उत्सर्जनलगायत कारण जलवायुमा परेको असरले वातावरणमा यस्तो परिवर्तन देखापरेको वातावरणविद् चन्द्रमणि सापकोटाले बताए। 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  २ : ४२ बजे

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह