‘निजी क्षेत्र र सरकारबीच सहकार्य भएन’ « Khabarhub

‘निजी क्षेत्र र सरकारबीच सहकार्य भएन’



अहिले कर्मचारी, पुलिस सेना गरी करिब ५ अर्ब रुपैयाँ भत्तामा जान्छ । हाम्रो कुल राजस्व भनेको १० खर्ब जतिको होला । सामाजिक सुरक्षामा ७० बाट ६८ वर्ष ल्याउँदा ९६ देखि ९७ अर्बको दायित्व बढ्यो, झन्डै दुई खर्ब त्यता गयो ।

ऋणको साँवा ब्याज तिर्ने कुरा २०७४ देखि अहिलेसम्म झन्डै तीनगुणा बढेर गएको छ । बजेटको दुई खर्ब जस्तो सामाजिक सुरक्षा र भत्तामा गयो त्यसरी सबै गरेर ९ खर्ब भयो । अन्य कुराहरूमा पनि खर्च हुन्छ । त्यसैले यो अर्थतन्त्र दिगो भएन ।

कोभिड अगाडि करिब ३० खर्ब ऋण निजी क्षेत्रमा गएको थियो तर अहिले ४७ खर्ब गएको छ । त्यो सुपथ दरमा गएको हो नि । ती पुनर्संरचना वा अन्य अस्थायी कारणले गर्दा केही बैंकहरु उत्रिएका होलान् धेरै बैङ्कको अवस्था बेहाल छ । ऋण दिएकोले ब्याज तिर्न सकेन फेरि पनि उसलाई ऋण लिएर ब्याजलाई पुँजीकरण गर्छु भन्नु नक्कली काम हो । इन्डियाको ६ देखि ७ प्रतिशत हुने हाम्रो चाहिँ १ प्रतिशत भन्दा कम हुन्छ त ? यस्तो स्थितिमा हामी होमिएको छौँ ।

हुन्डीको कुरामा यो नेपालमा रोकिँदैन किनभने हुन्डीको कारण त व्यापारीहरूलाई भन्ने मात्र हो तर अरुको आफ्नै कमिसन ओसार पसार गर्न पनि चाहिएको छ ।

केही ठूला घरानाहरू छन् जसलाई बैङ्कले गरेको र उद्योगले गरेको नाफा दुबै जान्छ । उनीहरूलाई केही फरक पर्दैन तर त्यसले गर्दा व्यवसायहरु फस्टाएन भने राज्यको हालत के होला ? नेपालगञ्ज बाट विराटनगर सम्मका पसलमा गएर हेर्ने हो भने नेपाली उत्पादित सामग्री नै छैन ।

अस्ति आएको सरकारको साझा न्यूनतम कार्यक्रममा यो अर्थतन्त्रमा भएको समस्यालाई समाधान गर्न विषेश आयोग बनाएर समाधान गर्लाजस्तो लागेको थियो तर त्यो भएन । अब सबै पक्षलाई समेटेर के हो त यो अर्थतन्त्रको समस्या भनेर छलफल गर्नु पर्दछ । कर्मचारी व्यापारी गरेर उनीहरूले भनेका हरेक कुरालाई समेटेर मात्र हुँदैन । सबै पक्षलाई समेटेर एक ठाउँ बसेर निर्धारण गर्नु पर्दछ ।

सरकार हाम्रो मुटु हो हामीले हाम्रो प्रणालीलाई गलत प्रयोग गरेको छौँ । अन्त चलेका प्रणालीहरु यहाँ चल्दैन र विधानहरू जे भए पनि इमानदारी पूर्वक कार्यान्वयन हुँदैन त्यो हो र सरकार भनेको ? त्यसैले यो जटिलतामा सरकारले सबै पक्षलाई राखेर एउटा उच्चस्तरीय टास्क फोर्स बनाएर सुझाव लियो भने कुनै पनि एउटा सरकारले अब ६८ बाट ७० पु¥याउन सक्दैन कुनै सरकारले दिएको भत्ता घटाउन सक्दैन तर त्यो टास्क फोर्सले परिवर्तन गर्न सक्छ ।

त्यसैले हाम्रो अर्थतन्त्रमा ज्यादै समस्या छ त्यो प्रति संवेदनशील भएको छैनौ । खुला सिमाना भएको कारणले सरकारको कारणले आयात प्रतिस्थापन हुन सक्ने सम्भावना छ । भारतबाट ठुला गाडी बाहेक भैँसी सम्म चलाउने हिसाबले आउँदो रहेछ ।

साना साना कुरा त आउने नै भयो भने अब उपभोक्ताहरूमा जागरण ल्याएर राष्ट्रिय वस्तुको उपभोग गर्ने र कम्तीमा मात्र वैदेशिक वस्तुको उपभोग गर्ने सचेतता आयो भने मात्र अलिकति सही दिशामा जान्छ कि ?

अर्थतन्त्र सङ्कटको अवस्था नभए पनि ज्यादै सोचेर पाइला चाल्नु पर्दछ, सरकार सुधार गर्नु पर्दछ, सङ्घीयताको मूल्य बढ्यो तर त्यसबाट फाइदा लिन सकिएन किनभने संरचना बने र त्यो संरचनाहरूले राम्रोसँग काम गर्न सकेनन् ।

निजी क्षेत्र र सरकारको बिचमा हुनु पर्ने सहकार्य भएन हाम्रोमा पारदर्शिताको कमी छ, क्रेडिट हरूमा पनि पनि कहाँ गयो भनेर क्रेडिट निगरानी हुनु पर्याे । केमा खर्च भयो, जसलाई दिएको त्यहाँ गयो कि गएन त भनेर हेर्नु पर्ने कुराहरू हुन्छन् ।

(खबरहबले आयोजना गरेको ‘नेपालमा व्यापार घाटा तथा वैदेशिक ऋण एवं अनुदान’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रा. डा. गोविन्द नेपालले राखेको धारणाको सम्पादित अंश)

प्रस्तुति- पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १० : १७ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको