सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान जानु आवश्यकता छ : राष्ट्रपति | Khabarhub Khabarhub

सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान जानु आवश्यकता छ : राष्ट्रपति


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता देखाएकी छन् ।

उनले नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको उल्लेख गर्दै पुर्खाको नासोका रूपमा रहेका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु दायित्व भएको बताएकी हुन् ।

महाशिवरात्री पर्व, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिसँग तादात्म्य कायम गर्दै मानव जातिले प्रगतिको बाटो पहिल्याउन सक्छ भन्ने यथार्थलाई अनेक चाडपर्वले अभिव्यक्त गर्ने विश्वाससमेत व्यक्त गरेकी छन् ।

उनले प्रकृति, योग र जीवनसँग अभिन्न सम्बन्ध राख्ने सनातन संस्कृतिको उद्भव एवं विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको बताइन् ।

मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास प्रतिविम्बित भएको पाइने राष्ट्रपति भण्डारीको भनाइ छ ।

पौराणिक साहित्यमा शिवको निवास र विचरण स्थलका रूपमा वर्णन गरिएका पशुपति क्षेत्र, हिमवतखण्ड र मानस खण्डको भूभाग मूलभूत रूपमा नेपालमा पर्ने शुभकामना सन्देशमा उल्लेख छ ।

पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई शिवको स्वरूपका रूपमा आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक आकर्षणको केन्द्र र पवित्र तीर्थस्थलका रूपमा रहिआएको राष्ट्रपति भण्डारीले प्रष्ट पारेकी छन् ।

उनले प्रकृतिसँग अभिन्न रूपले जोडिएको शिव शक्तिमा सिर्जनात्मक एवं संहारकारी शक्तिको समान प्रतिनिधित्व भएको पाइने विश्वास व्यक्त गरेकी छन् ।

“पशुपति क्षेत्रको आधार हुनुका साथै काठमाडौं उपत्यकाको मुख्य जलाधार क्षेत्र मानिने वागमति, रुद्रमती, इच्छुमतीलगायतका नदीलगायत मुलुकभरिका फैलिएका पानीका स्रोत स्वच्छ र सफा राख्न आजका दिनले सबैलाई प्रेरणा मिल्ने विश्वातस लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ६ : २० बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै