नागरिकता विधेयक थाँती रहेकोमा एनआरएनको चिन्ता « Khabarhub

नागरिकता विधेयक थाँती रहेकोमा एनआरएनको चिन्ता


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लण्डन– गैरआवासीय नेपाली संघले नागरिकता सम्बन्धी विधेयक संसद्मा लामो समयदेखि थाँती रहेको प्रति चिन्ता व्यक्त गरेको छ । गैरआवासीय नेपाली संघले  नेपाल स्वतन्त्र पार्टीका प्रमुख सचेतकसहित दलका नेताहरूसँगको एक अन्तरक्रिया कार्यक्रम गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन ।संघका अनुसार नागरिकता सम्बन्धी कानून नबनेका कारण धेरै गैरआवासीय नेपालीहरू अप्ठ्यारोमा परेका छन ।

 गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघले स्थापनाकालदेखि उठाउँदै आएको नेपालीको नागरिकताको निरन्तरताको मुद्दा थप जटिल बन्दै गरेको बताइन् । थापाले रवि लामिछानेविरुद्धको फैसलाले तरंगित र सशंकित बनाएको अभिव्यक्ति दिएकी छिन । गैरआवासीय नेपाली संघ नेपाल सरकारका अतिरिक्त देशका सबै राजनीतिक दलहरूसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदा संसद्मा थाँती रहेको एनआरएनए सम्बन्धी नागरिकतालाई अगाडि बढाउन उनको आग्रह थियो ।

 संघका अर्का अध्यक्ष डा। बद्री केसीले राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक छलाङले विदेशमा रहेका नेपालीहरू उत्साहित रहेको बताए । उनले विदेशमा रहेका नेपालीहरूको नागरिकताको निरन्तरताले गैरआवासीय नेपाली भन्दा नेपाललाई धेरै लाभ हुने विचार व्यक्त गरे । नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरे पनि अहिलेसम्म नागरिकता वितरणको लागि कानूनी बाटो नखोलिएको प्रति उनले ध्यानाकर्षण गराएका छन् । गैरआवासीय नेपाली सम्बन्धी ऐन २०७७ ल्याउनको लागि गृहकार्य गरिए पनि संसदबाट विधेयक पारित नहुँदा अधिकारहरू पाउने भने पनि अहिलेसम्म अधिकार हात नपरेको उनको भनाइ छ ।

 कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकताको विषय नेपालमा निकै पेचिलो बन्दै गएको बताए । उनले गैरआवासीय नेपालीहरू राष्ट्रिय स्वतन्त्र पार्टीको शक्ति केन्द्र भएको बताए । उनले भने, ‘गैरआवासीय नेपालीसंग काम गर्न सकेको भए राज्यले अहिलेसम्म मुहार फेरि सकेको हुन्थ्यो । राज्यले अहिलेसम्म नागरिकता दिन नसक्नु दुःखको कुरा हो ।’ उनले गैरआवासीय नेपालीले सिकेको ज्ञान र सीपलाई राज्यको नीति  निर्माणमा समेत प्रयोग गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा। हेम राज शर्माले विदेशमा ८ प्रकारका गैरआवासीय नेपालीहरू बसोबास गर्दै आएको बताउँदै विद्यमान संवैधानिक व्यवस्थाले सबै नेपालीहरूलाई नसमेट्ने विचार व्यक्त गरे । कार्यक्रममा डा. शर्माले विदेशमा बस्ने नेपालीहरूको सम्बन्धमा हालसम्म बनेका कानून प्रावधानको बारेमा विस्तृत विवरण प्रस्तुत गरेका थिए । शर्माले संविधानमा प्रस्ताव गरिएको नागरिकतामा राजनीतिक तथा प्रशासनिक अधिकारलाई संकुचन गरेर नागरिकतामै विभेद गरिएको बताए । उनले गैरआवासीय नेपालीको अधिकारहरूलाई सुनिश्चित गर्न एआरएनए विधेयक र एआरएनए ऐन तत्कालै संसदबाट पारित गर्नुपर्ने बताए । उनले गैरआवासीय नेपालीहरूलाई मताधिकार प्रदान गर्न आवश्यक कानून निमार्ण गर्न पनि माग गरेका छन्।

कार्यक्रममा संघको नागरिकता सम्बन्धी एक समितिका संयोजक दुर्गा आचार्यले एनआरएनएको मागसँग नेपालका सबै राजनीतिक दलहरू सहमत भए पनि समयभित्र नागरिकता विधेयक अघि बढाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले नागरिकता ऐनलाई सदनबाट पारित गर्नको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेतृत्व लिन अनुरोध गरे ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रणय राणाले गैरआवासीय नेपाली सम्बन्धी परिचय पत्रनै विभेदपूर्ण रहेको बताए । उनले गैरआवासीय नेपालीहरूलाई पूर्णाधिकार दिएर आर्थिक तथा समाजिक क्षेत्रमा लाग्न मार्ग प्रशस्त गर्नु पर्ने बताए । उनले कानूनी जागरणको लागि काम गर्न एनआरएनएलाई आग्रह गरे ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १२ : २५ बजे

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको