दुर्गा प्रसाईँलाई कारबाही गर्न सिफारिस « Khabarhub

दुर्गा प्रसाईँलाई कारबाही गर्न सिफारिस


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।  एमाले प्रदेश कमिटी बैठकले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निकालेर कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

एमाले केन्द्रीय सदस्य प्रसाईँले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर-६ मा  ‘नागरिक बचाउ महाअभियानको उद्घाटन गराएका थिए । कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए। पार्टीलाई कुनै खबर नै नगरी राजावादी तथा हिन्दु अतिवादीहरूसँग मिलेर कार्यक्रम गरेको भन्दै उनको आलोचना हुदैँ आएको थियो ।

दुर्गा प्रसाईँको पछिल्लो समय पार्टीको नीति र सिद्धान्तविपरीत, संविधानविरोधी र राजतन्त्रको वकालतमा प्रस्तुत हुन थालेपछि कारबाहीसहितको राय केन्द्रीय कमिटीलाई सिफारिस गरिएको एमाले प्रदेश १ कमिटीका इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिए । 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १२ : ५९ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि