थप बाह्र अफ्रिकी चितुवा भारतमा | Khabarhub Khabarhub

थप बाह्र अफ्रिकी चितुवा भारतमा


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याएको छ । दक्षिण अफ्रिकाबाट भारतले पाँच पोथी र सात भालेसहित १२ वटा चितुवा ल्याएको हो । ती चितुवालाई मध्य प्रदेश राज्यस्थित ग्वालियरमा राखिएको छ ।

भारतीय वायुसेनाको सी–१७ विमानले १२ वटा चितुवाको समूह लिएर दक्षिण अफ्रिकाको जोहानेसबर्ग सहरबाट उडेको भरेको थियो । जोहानेसबर्गबाट १० घण्टाको उडानपछि ती चितुवालाई ग्वालियर सहरमा रहेको एयरफोर्स स्टेसनमा अवतरण गरेको सैनिक स्रोतले जनाएको छ ।

पाँच महिनाअघि पनि भारतले अर्को दक्षिण अफ्रिकी मुलुक नामिबियाबाट आठ वटा चितुवा ल्याएर राष्ट्रिय निकुञ्जमा छाडेको थियो ।

योसँगै भारतमा अफ्रिकी चितुवाको कुल सङ्ख्या २० पुगेको छ । सन् १९५२ मा भारतबाट चितुवा लोप भएको घोषणा गरिएको थियो । भारत सरकारको महत्वकाङ्क्षी स्थानान्तरण परियोजना ‘प्रोजेक्ट चीता’ अन्तर्गत भारतमा चितुवाको स्थानान्तर गर्न सुरु गरिएको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ६ : २३ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये