थप बाह्र अफ्रिकी चितुवा भारतमा « Khabarhub

थप बाह्र अफ्रिकी चितुवा भारतमा


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याएको छ । दक्षिण अफ्रिकाबाट भारतले पाँच पोथी र सात भालेसहित १२ वटा चितुवा ल्याएको हो । ती चितुवालाई मध्य प्रदेश राज्यस्थित ग्वालियरमा राखिएको छ ।

भारतीय वायुसेनाको सी–१७ विमानले १२ वटा चितुवाको समूह लिएर दक्षिण अफ्रिकाको जोहानेसबर्ग सहरबाट उडेको भरेको थियो । जोहानेसबर्गबाट १० घण्टाको उडानपछि ती चितुवालाई ग्वालियर सहरमा रहेको एयरफोर्स स्टेसनमा अवतरण गरेको सैनिक स्रोतले जनाएको छ ।

पाँच महिनाअघि पनि भारतले अर्को दक्षिण अफ्रिकी मुलुक नामिबियाबाट आठ वटा चितुवा ल्याएर राष्ट्रिय निकुञ्जमा छाडेको थियो ।

योसँगै भारतमा अफ्रिकी चितुवाको कुल सङ्ख्या २० पुगेको छ । सन् १९५२ मा भारतबाट चितुवा लोप भएको घोषणा गरिएको थियो । भारत सरकारको महत्वकाङ्क्षी स्थानान्तरण परियोजना ‘प्रोजेक्ट चीता’ अन्तर्गत भारतमा चितुवाको स्थानान्तर गर्न सुरु गरिएको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ६ : २३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया