जुम्लामा ग्यास लिक हुँदा घरमा आगलागी « Khabarhub

जुम्लामा ग्यास लिक हुँदा घरमा आगलागी


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जुम्लामा ग्यास लिक भएर आगलागी भएको छ । चन्दननाथ नगरपालिका– ६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार न्यौपानेको तीनतले  घरको ग्राउन्ड फ्लोरमा आगलागी हुँदा ४ वटा कोठा, गल्ली र माथिल्लो तला जाने भर्याङमा क्षति भएको छ । प्रहरीका अनुसार सो घरमा भाडामा बसेका नवराज खड्काले खाना पकाउँदै गर्दा रेगुलेटरमा आगो निस्केर आगलागी भएको हो । आगो निभाउन खोज्दा ग्यास सिलिन्डर ढलेर अन्य कपडामा समेत आगो फैलिएको थियो ।

आगो नियन्त्रणमा आइसकेको छ । प्रहरी निरीक्षक जोशीका अनुसार घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र चन्दननाथ नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।

समयमै दमकल त्यस क्षेत्रमा पुगे पनि बाटो नहुँदा आगलागी भएको घर नजिकै जान सकेन । तर, सँगै रहेको कालिवहादुर बुढाको घरको ट्यांकीमा रहेको पानीले आगो निभाउन सहयोग भएको स्थानीय गोपाल रोकायाले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ६ : २१ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी