शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान « Khabarhub

शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान गरेको छ । केन्द्रले १२ शिवलिङ्ग स्थापना गरेर सुरु गरेको अनुष्ठानका क्रममा शिवशक्तिको महिमालाई वर्णन गरिएको हो । आत्म, परात्मा, सृष्टिको चक्र, मनुष्यका कर्म, कर्तव्यका साथै जीवनमा ध्यान विधिका महत्व र अभ्यासका विषयलाई सिकाइएको छ ।

आध्यात्मिक ज्ञान र राजयोगबाट जीवनलाई नैतिकवान् र शान्त बनाउन सकेमा वर्तमान र भविष्यलाई उज्ज्वल बनाउन सकिने विषयमा भक्तजनलाई दिक्षा दिइएको उक्त कार्यक्रममा सञ्चालन गरिएको सांस्कृतिक कार्यक्रममा भजनकीर्तनसमेत गरिएको छ । 

यसैबीच केन्द्रले ठमेलस्थित प्रधान कार्यालयबाट भगवान् शिवलाई रथयात्रा गराएर सुरु गरेको पदयात्रा नगरका विभिन्न भाग परिक्रमा गरी कमलादीस्थित प्रज्ञा भवनमा आयोजित धार्मिक कार्यक्रमको मूल समारोहमा पुर्‍याइएको थियो ।

उक्त कार्यक्रममा धार्मिकगुरुहरूबाट प्रत्येक मानिसले आध्यात्मिक शिक्षा प्राप्त गरी काम, क्रोध, लोभ, मोह र अहङ्कारको अन्त्य गरी सुख र शान्ति प्राप्त गर्न सकिने प्रवचन दिइएको थियो । जीवन र जगत्लाई बुझ्न सकेमा वा ज्ञान आर्जन गर्न सकेमा परमात्मालाई नजिकबाट चिन्न र जान्न सकिने विषयमा संक्षेपीकरण गरिएको थियो ।

आध्यात्मिक शिक्षाका साथै विभिन्न सामाजिक सेवामा क्रियाशील केन्द्रले देशभर एक हजार शाखा विस्तार गरी राजयोग शिक्षा, धार्मिक ज्ञान, ध्यान, मानव सेवालगायत कार्य गर्दै आएको ब्रह्मकुमारी राजयोग कृतिले जानकारी दिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ६ : ४२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया