पोखराबाट लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

पोखराबाट लागूऔषधसहित तीन जना पक्राउ


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । १९५ एम्पुल लागूऔषधसहित विभिन्न स्थानबाट लागूऔषध कारोबारी पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिए ।

उनका अनुसार सुरुमा प्रहरीले पोखरा महानगरपालिका-५ मालेपाटनबाट २५ वर्षीय प्रशान्त भनिने सञ्जय गुरुङलाई ७२ एम्पुलसहित पक्राउ गर्‍यो । गुरुङको साथबाट डाइजापाम २० एम्पुल, फेनरागन २३ एम्पुल र बुप्रिनफ्रिन २९ एम्पुलसहित पक्राउ गरेको डिएसपी जोशीले बताए ।

उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप २ लागूऔषध कारोबारी पत्ता लागेको उनले बताए । पोखरा महानगरपालिका–२५ हेम्जाको राजमार्गमा शंकास्पद गतिविधिमा संग्लन स्थानीय २६ वर्षीय पवन थापा र अनिष श्रेष्ठको साथबाट लागूऔषध बरामद गरिएको हो।

पवनको साथबाट डाइजापाम, फेनरागन र नुफिन ७-७ एम्पुल फेला परेको छ । श्रेष्ठको साथबाट डाइजापाम, फेनरागन र नुफिन ३४-३४ थान बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : ४९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया