पोखराबाट लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

पोखराबाट लागूऔषधसहित तीन जना पक्राउ


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । १९५ एम्पुल लागूऔषधसहित विभिन्न स्थानबाट लागूऔषध कारोबारी पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिए ।

उनका अनुसार सुरुमा प्रहरीले पोखरा महानगरपालिका-५ मालेपाटनबाट २५ वर्षीय प्रशान्त भनिने सञ्जय गुरुङलाई ७२ एम्पुलसहित पक्राउ गर्‍यो । गुरुङको साथबाट डाइजापाम २० एम्पुल, फेनरागन २३ एम्पुलबुप्रिनफ्रिन २९ एम्पुलसहित पक्राउ गरेको डिएसपी जोशीले बताए ।

उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप २ लागूऔषध कारोबारी पत्ता लागेको उनले बताए । पोखरा महानगरपालिका–२५ हेम्जाको राजमार्गमा शंकास्पद गतिविधिमा संग्लन स्थानीय २६ वर्षीय पवन थापा र अनिष श्रेष्ठको साथबाट लागूऔषध बरामद गरिएको हो।

पवनको साथबाट डाइजापाम, फेनरागननुफिन ७-७ एम्पुल फेला परेको छ । श्रेष्ठको साथबाट डाइजापाम, फेनरागननुफिन ३४-३४ थान बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : ४९ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय