सिक्टाको पानी नियमित नहुँदा बाँकेका किसान निराश « Khabarhub

सिक्टाको पानी नियमित नहुँदा बाँकेका किसान निराश


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

राँझा- सिक्टा सिँचाइको पानी नियमित हुन नसक्दा बाँकेका किसान निराश भएका छन् । सिक्टाको पानीको भरमा चैते धानखेती गर्दै आएका कोहलपुर नगरपालिका-१५ पर्सेनीपुरका किसानले यस वर्ष खेती गर्न पाएनन् । 

घर नजिकैको किरण नालामा सिक्टाको पानी आउन थालेपछि विगतका वर्षमा चैते धानखेती गरे पनि यस वर्ष पानी नियमित हुन नसक्दा खेती नगरिएको स्थानीय कृषक ज्ञानबहादुर नेपालले बताए । लामो समयदेखि कृषि पेसामा आबद्ध नेपालले सिक्टाको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई सिकाइ हुने भन्दै चैते धानको खेती गरेका थिए । 

‘पानीको भरोसा भएन, कहिलेकाहीँ छाड्ने पानीमा भर पर्न सकिएन’, कृषक नेपालले भने, ‘विगतमा चैते धान लगाउन सकिन्छ भनेर यहाँका किसानलाई जानकारी गराइयो, यस वर्ष नहरमा नियमित पानी नआएपछि धानखेती गर्न सकिएन ।’ सिक्टाको पानी नियमित हुँदा किसानले एकवर्षमै सुरुमा वर्षे धान, त्यसपछि हिउँदमा मसुरो हुँदै चैतमा चैते धानखेती गरी तीन बाली स्याहार्ने गरेका थिए । नहरमा पानी नियमित हुँदा खेती किसानी गर्दै आएका किसान निराश हुन पुगेको कोहलपुर-१५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले बताए । 

सिक्टा सिँचाइ आयोजनाले चैते धान रोपाइँलाई ध्यानमा राखी विगतमा पश्चिमी मूल नहर र पूर्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत सिञ्चित हुँदै आएको थियो । नहर सञ्चालन कार्यतालिका अनुसार पश्चिमी र पूर्वी मूल नहरमा पानी छाडिएको आयोजनाका सूचना अधिकृत विशाल यादवले बताए । उनका अनुसार कार्यतालिका अनुसार हिउँदे बालीका लागि फागुन १६ गतेदेखि १० दिन पानी छाडिएको छ । उनका अनुसार मूल नहरमा भत्केको प्यानल बनाउने, सफा गर्ने लगायतको काम भइरहेकाले नियमितरूपमा पानी सञ्चालन हुन सकेको छैन । 

सिक्टा सिँचाइ आयोजना नेपाल सरकारले आफ्नै स्रोतमा २०६३ माघदेखि निर्माण सुरु गरेको नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । निर्माणाधीन आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वी नहरबाट बाँकेका ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ । आयोजनाको मूल नहर सँगसँगै शाखा र उपशाखा नहर निर्माणको काम अझै सकिएको छैन ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  १ : १६ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको