मूल्यवृद्धि विरुद्ध उपभोक्ता जागरण अभियान नेपालद्वारा माइतीघरमा प्रदर्शन « Khabarhub

मूल्यवृद्धि विरुद्ध उपभोक्ता जागरण अभियान नेपालद्वारा माइतीघरमा प्रदर्शन


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि विरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । अस्वभाविक मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्दै मूल्यवृद्धिविरुद्धको जनचेतना अभिवृद्धि र सम्बन्धित निकायलाई खबरदारी गर्ने उद्देश्यले अभियानले शनिबार प्रदर्शन गरेको हो ।

उपभोक्ताको हित र अधिकारको पक्षमा निरन्तर अभियान चलाउँदै आएको उपभोक्ता जागरण अभियान नेपालले “अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर”, “बजार अनुगमन व्यवस्थित गर”, “गुणस्तरीय बजारको ग्यारेन्टी गर”, “जनता मार्न पाइँदैन, मूल्यवृद्धि चाहिँदैन”, “सरकारको उपहार, महङ्गी र भ्रष्टाचार”, “उपभोक्ता अदालत गठन गर” जस्ता नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेको थियो ।

उपभोक्ता जागरण अभियान नेपालका प्रवक्ता एवम् कोषाध्यक्ष दिपक विश्वकर्माले अस्वभाविक मूल्यवृद्धिले जनता बाँच्नै नसक्ने अवस्था आउँदा पनि सरकार र सम्बन्धित निकाय मूकदर्शक बनेको आरोप लगाए । उनले खाने तेल, दूध, पेट्रोलियम पदार्थ जस्ता दैनिक उपभोग्य वस्तुमा हालसालै गरिएको मूल्यवृद्धि फिर्ता गर्न र उपभोक्ता अदालत गठन गर्न माग गरे । शान्तिपूर्ण ढंगले गरेको खबरदारीलाई बेवास्ता गरिए उपभोक्ता आन्दोलनमा होमिने र त्यसको परिणामको जिम्मेवारी सरकार र सम्बन्धित निकायले लिनुपर्ने विश्वकर्माले बताए ।

मूल्यवृद्धिले जनता भोकै बस्नुपर्ने अवस्था आउँदा पनि सरकारलाई कुनै चिन्ता नहुनु र नदेखेझैँ अनि नसुनेझैँ गर्नु आश्चर्यजनक भएको अभियानका उपाध्यक्ष विन्दा पाण्डेको भनाइ छ ।

अभियान्ताहरूले “कच्चा पदार्थको मूल्य बढेको बहानामा पटक–पटक मूल्यवृद्धि हुँदा पनि सरकार किन मूकदर्शक बनेको ?” भन्दै प्रश्न गरेका छन् । सरकार र व्यापारी दुवै मिलेर उपभोक्ता र बजारमाथि बेइमानी गरिहेको उनीहरूको दाबी छ ।

बारम्बार कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगिएको उनीहरूको भनाइ छ । मूल्यवृद्धि विरुद्ध साङ्केतिक नाटक समेत प्रस्तुत गरिएको छ । शिक्षा, स्वास्थ्य, व्यापारी, न्यायालय सबै क्षेत्रबाट उपभोक्ता कसरी ठगिएका छन् भन्ने विषयलाई सांङ्केतिक नाटकमा प्रस्तुत गरिएको थियो । सबै क्षेत्रबाट उपभोक्ता लुटिरहेको र तिनलाई राजनीतिक नेतृत्वले कसरी संरक्षण गरिरहेको छ भन्ने विषयलाई नाटकमा उतारिएको थियो ।

अभियन्ताहरूले दाल, ग्याँस, चामल, तरकारी लगायतका खाद्य वस्तुहरू देखाएर तिनमा उपभोक्ता कसरी ठगिन्छन् भनेर सचेत गराएका थिए । उनीहरूले मूल्यवृद्धि विरुद्ध जनचेतनामूलक गीत तथा नृत्य समेत प्रस्तुत गरेका छन् । उनीहरूले केहिबेर नारा लगाएका थिए ।

उपभोक्ता अधिकार सबैको सरोकारको विषय भएको भन्दै अभियानमा जोडिन अपिल समेत गरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : १२ बजे

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

इलाम – लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

काठमाडौं – सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या

वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक

काठमाडौं – वैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको