‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध लड्न आठ लाख युवा सेनामा भर्ती भएको उत्तर कोरियाली दाबी « Khabarhub

‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध लड्न आठ लाख युवा सेनामा भर्ती भएको उत्तर कोरियाली दाबी


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले शनिबार आठ लाखभन्दा बढी युवाले ‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध लड्न सेनामा सामेल हुन स्वेच्छाले भाग लिएको उल्लेख गरेको छ ।

उत्तर कोरियाको हतियार परीक्षण र बढ्दो आणविक धम्कीपछि दक्षिण कोरिया र अमेरिकाले सुरक्षा सहयोग बढाएका छन् । दुई मुलुकबीच यसै साता पाँच वर्षयताकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सुरु भएको छ ।

उत्तर कोरियाले यस्ता सबै अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्दै आएको छ । यसको जवाफमा उत्तर कोरियाले ‘भारी’ कदम चाल्ने चेतावनी बारम्बार दिँदै आएको छ ।

कोरियाली केन्द्रीय समाचार संस्था केसीएनएले उत्तर कोरियाली अधिकारीलाई उद्धृत गर्दै जारी सैन्य अभ्यासलाई ‘आणविक युद्ध भड्काउने’ अमेरिकी प्रयासको रूपमा व्याख्या गरेको छ । उत्तर कोरियाले यसको जवाफमा लाखौं मानिसहरू भर्ती भएको जनाएको छ ।

केसीएनएले भनेको छ, “युवा स्वयंसेवकहरू ‘निर्दयतापूर्वक युद्ध उन्मादलाई सफाया गर्न’ कटिबद्ध छन् । त्यसैले उनीहरू ‘देशको रक्षा’ गर्न सेनामा सामेल भएका छन् ।’’

“शुक्रबार मात्रै देशभरका आठ लाखभन्दा बढी युवा लिगका पदाधिकारी र विद्यार्थीले कोरियाली जनसेनामा सामेल हुन र पुनः सेनामा सामेल हुन स्वेच्छाले भाग लिएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

उत्तर कोरियाली अखबार रोडोङ सिनमुनले सार्वजनिक गरेको तस्बिरमा युवाहरू निर्माणस्थलजस्तो देखिने ठाउँमा आफ्नो नाम हस्ताक्षर गर्न लामो लाइनमा कुरेर बसेको देखिन्छ ।

प्योङयाङले बिहीबार आफ्नो सबैभन्दा ठूलो र शक्तिशाली क्षेप्यास्त्र ह्वासोङ–१७ को परीक्षण गरेको थियो ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियास्वरुप यो प्रक्षेपण गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार केसीएनएले जारी अभ्यास ‘अक्षम्य रातो रेखाको नजिक पुगेको’ बताएको छ ।

गत वर्ष उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले हालै सामरिक आणविक हतियारसहित हतियार उत्पादनमा ‘तीव्र’ वृद्धि गर्न आह्वान गरेका थिए ।

किमले यसै महिनाको सुरुमा उत्तर कोरियाली सेनालाई ‘वास्तविक युद्ध’को तयारीका लागि सैन्य अभ्यास तीव्र पार्न पनि आदेश दिएका थिए ।

सियोलस्थित ‘युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिज’का प्रमुख याङ मु जिनले एएफपीसँग भने, “प्योङयाङले आफ्नो आणविक अस्त्र कार्यक्रमलाई ‘महत्वपूर्ण र आवश्यक’ साबित गर्न यो अभ्यासको प्रयोग गरिरहेको छ ।

दक्षिण कोरिया र अमेरिकाबीच भएको सैन्य अभ्यासले उत्तर कोरियाको वर्तमान शासनलाई ध्वस्त पार्ने र राजधानी प्योङयाङमाथि कब्जा जमाउने उद्देश्य राखेको धारणा फैलाएको याङले बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : ४१ बजे

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले