गर्मीमा खरबुजा खानुका फाइदा | Khabarhub Khabarhub

गर्मीमा खरबुजा खानुका फाइदा


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गर्मी मौसममा बजारमा धेरै खरबुजा देखिन्छन् । मानिसले यसको फाइदा थाहा भएर वा नभएर पनि धेरै खाने गरेको पाइन्छ।

खरबुजा एउटा स्वादिष्ट र शीतलता प्रदान गर्ने फल हो। यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। खरबुजामा भरपुर पानीको मात्रा हुन्छ। यसकारण गर्मीमा यसले शीतलता प्रदान गर्नमा निकै मद्दत पुर्याउँछ।

खरबुजामा प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, क्लोरिन, सोडियम तथा सल्फर लगायतका तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ। खरबुजामा पर्याप्त मात्रामा फाइवर पनि पाइन्छ। यसमा भएको पर्याप्त फाइबरले कब्जियतको समस्या कम गर्नमा निकै मद्दत गर्दछ।

दैनिक रूपमा खरबुजा खाँदा यसले उमेर बढ्दै जाँदा आँखाको ज्योति घट्ने जुन समस्या हुन्छ त्यसलाई पनि कम गरिदिन्छ। खरबुजामा पाइने बिटा क्यारोटिन तत्त्वले आँखाको ज्योतिलाई घट्नबाट बचाउँछ।

खरबुजाका फाइदा
– खरबुजामा भिटामिन ‘सी’ प्रचुर मात्रामा पाइने हुँदा यसले एन्टिअक्सिडेन्टका रूपमा काम गर्छ। यसले शरीरका कोषलाई नष्ट हुन दिँदैन।
– खरबुजामा भएको भिटामिन ‘सी’ले रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। अथवा रोग प्रतिरोधात्मक शक्तिलाई बढाउँछ।
– गर्मी मौसममा शरीरलाई शीतलता प्रदान गर्छ।
– खरबुजाको नियमित सेवन गर्दा हृदयाघात, उच्च रक्तचाप र कोलेस्ट्रोल जस्ता रोग बढ्ने जोखिम कम हुन्छ।
– खरबुजाको सेवनले मिर्गौला स्वस्थ रहन्छ।
– फोक्सोको क्यान्सर हुने जोखिम कम गर्दछ।
– नियमित रूपमा खरबुजाको सेवन गर्दा छालामा भएको रुखोपनाको समस्या हराएर जान्छ।
– भिटामिन ‘ए’ ले छालालाई स्वस्थ बनाउन मद्दत गर्छ।
– खरबुजामा पाइने भिटामिन ए र सी ले कपाल स्वास्थ्य र चम्किलो बनाउन मद्दत गर्छ।
– खरबुजामा भएको पानीको मात्राले र फाइबरले पाचन प्रक्रियामा सहज बनाउँछ।
– दैनिक मात्रामा खरबुजा खाँदा शौचलाई नियमित बनाउँछ।
– खरबुजाको नियमित सेवनले तौल कम गर्नका फाइदा पुग्छ।
– खरबुजामा भएको रसायनले मांसपेशीमा हुने दुखाई कम गर्न निकै मद्दत गर्छ।
– कब्जियतको समस्या कम गर्नमासमेत निकै मद्दत गर्दछ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ७ : ०० बजे

गठबन्धन सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह

तानसेन – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई संकटबाट

घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

एजेन्सी– ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६

शिक्षकका माग शीघ्र सम्बोधन गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका

सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत स्याडालाई पदमुक्त गर्न माग

काठमाडौं– नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी सङ्गठनहरूले

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

मुस्ताङ– पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित