गर्मीमा खरबुजा खानुका फाइदा « Khabarhub

गर्मीमा खरबुजा खानुका फाइदा


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गर्मी मौसममा बजारमा धेरै खरबुजा देखिन्छन् । मानिसले यसको फाइदा थाहा भएर वा नभएर पनि धेरै खाने गरेको पाइन्छ।

खरबुजा एउटा स्वादिष्ट र शीतलता प्रदान गर्ने फल हो। यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। खरबुजामा भरपुर पानीको मात्रा हुन्छ। यसकारण गर्मीमा यसले शीतलता प्रदान गर्नमा निकै मद्दत पुर्याउँछ।

खरबुजामा प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, क्लोरिन, सोडियम तथा सल्फर लगायतका तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ। खरबुजामा पर्याप्त मात्रामा फाइवर पनि पाइन्छ। यसमा भएको पर्याप्त फाइबरले कब्जियतको समस्या कम गर्नमा निकै मद्दत गर्दछ।

दैनिक रूपमा खरबुजा खाँदा यसले उमेर बढ्दै जाँदा आँखाको ज्योति घट्ने जुन समस्या हुन्छ त्यसलाई पनि कम गरिदिन्छ। खरबुजामा पाइने बिटा क्यारोटिन तत्त्वले आँखाको ज्योतिलाई घट्नबाट बचाउँछ।

खरबुजाका फाइदा
– खरबुजामा भिटामिन ‘सी’ प्रचुर मात्रामा पाइने हुँदा यसले एन्टिअक्सिडेन्टका रूपमा काम गर्छ। यसले शरीरका कोषलाई नष्ट हुन दिँदैन।
– खरबुजामा भएको भिटामिन ‘सी’ले रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। अथवा रोग प्रतिरोधात्मक शक्तिलाई बढाउँछ।
– गर्मी मौसममा शरीरलाई शीतलता प्रदान गर्छ।
– खरबुजाको नियमित सेवन गर्दा हृदयाघात, उच्च रक्तचाप र कोलेस्ट्रोल जस्ता रोग बढ्ने जोखिम कम हुन्छ।
– खरबुजाको सेवनले मिर्गौला स्वस्थ रहन्छ।
– फोक्सोको क्यान्सर हुने जोखिम कम गर्दछ।
– नियमित रूपमा खरबुजाको सेवन गर्दा छालामा भएको रुखोपनाको समस्या हराएर जान्छ।
– भिटामिन ‘ए’ ले छालालाई स्वस्थ बनाउन मद्दत गर्छ।
– खरबुजामा पाइने भिटामिन ए र सी ले कपाल स्वास्थ्य र चम्किलो बनाउन मद्दत गर्छ।
– खरबुजामा भएको पानीको मात्राले र फाइबरले पाचन प्रक्रियामा सहज बनाउँछ।
– दैनिक मात्रामा खरबुजा खाँदा शौचलाई नियमित बनाउँछ।
– खरबुजाको नियमित सेवनले तौल कम गर्नका फाइदा पुग्छ।
– खरबुजामा भएको रसायनले मांसपेशीमा हुने दुखाई कम गर्न निकै मद्दत गर्छ।
– कब्जियतको समस्या कम गर्नमासमेत निकै मद्दत गर्दछ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ७ : ०० बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच