पछिल्लो पाँच खेलमा लिभरपुलको पहिलो जित « Khabarhub

पछिल्लो पाँच खेलमा लिभरपुलको पहिलो जित


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिभरपुलले लिड्स युनाइटेडलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ। प्रिमियर लिगका लागि सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिडसलाई उसको घरेलु मैदानमा फराकिलो अन्तरले पराजित गरेको हो । पछिल्लो पाँच खेलमा लिभरपुलको यो पहिलो जित हो ।

सो खेलको पहिलो हाफ नै लिभरपुलले २-० को अग्रता लिएको थियो । जसका लागि ३५औं मनेटमा गाक्पो३९औं मिनेटमा सालाहले गोल गरेर योगदान गरेका थिए ।

उता, दोस्रो हाफको सुरुमै लिड्सका सिनिस्टेराले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याई दिए तर लिभरपुलका सामु लिडसको केही चलेन । दोस्रो हाफमा लिभरपुलले ४ गोल लिडसको गोल पोष्टमा लगातार हानिरहयो । 

 दोस्रो हाफको सुरुवाती अर्थात ५२ औं मिनेटमा लिभरपुलका जोटाले थप गोल गर्दै ३-१ को अग्रता बनाए भने सालाहले ६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ४–१ को स्थितिमा पुर्‍याई दिए । यस्तै,  ७३औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गरे भने खेल सकिनु अन्तिम समयमा अर्थात ९०औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ६–१ को फराकिलो अन्तरको जित दिलाए ।

 यस जीतसँगै लिभरपुलको ३० खेलबाट ४७ अंक बटुलेको छ भने लिड्स ३१ खेलबाट २९ अंकसहित १६औं स्थानमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ७ : ११ बजे

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल