बेलायतका प्रधानमन्त्रीकी पत्नी अक्षता मूर्तिलाई ६१ मिलियन डलर घाटा « Khabarhub

बेलायतका प्रधानमन्त्रीकी पत्नी अक्षता मूर्तिलाई ६१ मिलियन डलर घाटा


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतका प्रधानमन्त्री ऋषि सुनककी पत्नी अक्षता मूर्तिलाई ६१ मिलियन डलरको नोक्सान भएको छ । 

 सोमबार इन्फोसिस लिमिटेडको शेयरमा भारी गिरावट आउँदा उनलाई सो रकम बराबरको नोक्सानी भएको हो । ऋषि सुनक प्रधानमन्त्री बनेपछि अक्षता मूर्तिलाई अहिलेसम्मकै ठूलो घाटा भएको छ ।

 अक्षता मूर्तिसँग उनका बुबा एन नारायण मूर्तिद्वारा सह–स्थापना गरिएको भारतीय सफ्टवेयर कम्पनी इन्फोसिसमा ०.९४ प्रतिशत हिस्सेदारी छ।  ब्लूमबर्गको रिपोर्टका अनुसार सोमबार इन्फोसिसको शेयरमा गिरावट आएपछि ब्रोकरहरूले डाउनग्रेड गर्ने क्रम सुरु भएको थियो । सोमबार मार्च २०२० पछि इन्फोसिसको शेयरमा ९.४ प्रतिशतको को गिरावट आयो, सो गिरावट सो समय पछिको सबैभन्दा ठूलो गिरावट हो ।

यद्यपि, अक्षता मूर्तिलाई भएको क्षति सुनक परिवारको सम्पत्तिको एक अंश मात्र हो। अक्षता मूर्तिको सेयर अझै ४५० मिलियन पाउण्डभन्दा बढी छ । यसैबीच, ऋषि सुनकको कार्यालयले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ७ : २४ बजे

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल