सेयर बजार घट्यो « Khabarhub

सेयर बजार घट्यो


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सातामा काराेबार हुने तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ ।

मंगलबार नेप्से परिसूचक ३.०७ अंकले ओरालो लागेको हो । यो सँगै सूचक १९०४.९८ बिन्दुमा पुगेकाे छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा भने झिनो सुधार देखिएको छ । उक्त सूचकमा ०.१७ अङ्कले बढेर ३६३ विन्दुमा पुगेको छ।

यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक २३.६४ अंकले ओरालो लागि १९०८ विन्दुमा अडिएको थियो । उक्त दिन ९२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। तसर्थ अघिल्लो दिनको तुलनामा यो रकम कम हो ।

यसैगरी, नेप्से सूचकमा ६२ कम्पनीमा वृद्धि भएको छ । १३८ कम्पनीमा ओरालो लागेको र १९ कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, कारोबारको आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ करोड २६ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरि सिवम सिमेन्टको करिब ४ करोडको कारोबार भएको हो ।

मंगलबार सबै उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ ।

मंगलबार कालिन्चोक दर्शन र मोलुङ जलविद्युतको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ३ : ४२ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको