युक्रेन युद्धका विषयमा अमेरिकी आलोचनाको ब्राजिलद्वारा खण्डन | Khabarhub Khabarhub

युक्रेन युद्धका विषयमा अमेरिकी आलोचनाको ब्राजिलद्वारा खण्डन


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलले आफ्ना राष्ट्रपतिमाथि युक्रेन युद्धलाई लिएर चीन र रुसको भाषा बोलेको भन्ने अमेरिकी आरोपको खण्डन गरेको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सोमबार रुसका एक जना शीर्ष कूटनीतिज्ञसँग भएको भेटवार्तालाई लिएर अमेरिकाले गरेको आलोचनाको ब्राजिलले खण्डन गरेको हो ।

चीन र मध्यपूर्वका भ्रमण पूरा गरी राजधानी फर्केका ब्राजिलका राष्ट्रपतिले रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभसँगको भेटवार्तामा ‘युक्रेन युद्ध अन्त्य तथा त्यहाँ शान्ति स्थापनाका निम्ति अमेरिकाले प्रयास गर्नुपर्ने’ मा जोड दिएका थिए ।

युक्रेनमा युद्ध स्वयम् किएभले नै निम्त्याएको उनको कथनप्रति अमेरिकाले आपत्ति जनाएको थियो । अमेरिकाले राष्ट्रपति लुला चीन र रुसका समर्थक भएको आरोप लगाएको छ । रुसमाथि प्रतिबन्ध लगाउने तथा युक्रेनलाई सुदृढ पार्ने अन्तर्राष्ट्रिय प्रयास तथा विशेष गरी पश्चिमा राष्ट्रका कदमप्रति राष्ट्रपति लुलाले गरेको टिप्पणीबाट अमेरिका रुष्ट भएको छ ।

युक्रेन युद्धलाई लिएर तटस्थ देखिए पनि चीनले रुससँग साझेदारी कायम गरेको छ । चीन रुसमाथि प्रतिबन्ध लगाउने नीतिको विपक्षमा छ । युक्रेनमा शान्ति कायम गर्न मध्यस्थता गर्ने प्रयासस्वरुप केही साताअघि चीनले शान्ति स्थापनाको मार्गचित्र पनि प्रस्तुत गरेको थियो ।

करिब एक महिनाअघि रुस भ्रमणका बेला चिनियाँ राष्ट्रपति सी चीनफिङले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताएका थिए । विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका बताउँदै उहाँले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ४ : ४३ बजे

धनगढीमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुईजना घाइते

धनगढी– धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडिबाट ठक्कर दिँदा दुई जना घाइते

‘पुजार सार्की’को ट्रेलर, प्रदीप र आर्यन आउँदा पल देखिएनन् (तस्बिरहरू)

काठमाडौं– आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ प्रदर्शन हुने

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको

नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट– नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर