सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाउने ५ जना पक्राउ « Khabarhub

सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाउने ५ जना पक्राउ


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरस्थित एक सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाउनेहरू पक्राउ परेका छन् ।

स्थानीय बासिन्दा रामबहादुर मानन्धरको साढे तीन तले घरको दोस्रो तलामा १२ वर्षदेखि संचालनमा रहेको कृषि विकास तथा ऋण सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै संस्थाका प्रबन्ध निर्देशकलाई मंगलबार जुत्ताको माला लगाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार काठमाडौँ महानगरपालिका ७ बस्ने वर्ष ४३ को संस्थाका प्रबन्ध निर्देशक समिर खत्रीलाई हातपात गरी कालो मोसोसमेत दली जुत्ताको माला लगाउने उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.७ धुन्चेपाखा बस्ने वर्ष ४४ को मुरारी नेपाल, ओखलढुङ्गा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष ३६ कि प्रेमकुमारी तामाङ, झापा कोहोरा गा.पा.०२ घर भई हाल गठ्ठाघर बस्ने वर्ष ३९ को कृष्ण संग्रौला, भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.०९ बोडे बस्ने वर्ष ६३ को गोरखबहादुर गिरी र ओखलढुङगा लिखु गा.पा.वडा नं.०४ घर भई हाल कौशलटार बस्ने वर्ष ३४ की पबित्रा तामाङ रहेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ४ : ५९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल