झोलामा खेती गर्नेले अनुदान पाउँछन्, खेतमा गर्नेले पाउँदैनन् : सांसद चौधरी « Khabarhub

झोलामा खेती गर्नेले अनुदान पाउँछन्, खेतमा गर्नेले पाउँदैनन् : सांसद चौधरी


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कैलाली-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद अरुण कुमार चौधरीले सरकारले दिने कृषि अनुदानमा हुने विकृतिका अन्य गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाकाे बैठकमा सा‌ंसद चौधरीले झोलामा कृषि गर्ने र कागजी प्रक्रिया मात्रै पुर्‍याएर अनुदान लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

‘आज हाम्रो देशको कृषि उत्पादन हेर्ने हो भने यहाँ उत्पादित बस्तुले हामीलाई तीन महिना पनि पुग्ने अवस्था छैन’, उनले भने,‘कृषिमा सरकारले लगानी नगरेको पनि हैन, अनुदान नदिएको हैन । तर, त्यसको दुरुपयोग भइरहेको छ ।’

झोले कृषकहरूले गर्दा वास्तविक कृषकहरू मर्कामा परेको उनले स्पष्ट पारे । सांसद चौधरीले भने, ‘झोलामा खेती गर्ने, कागजी प्रक्रिया मिलाई हाल्नेले  अनुदान पाउँछन् । तर, जो वास्तविक किसान छन्, जसले पाउनै पर्ने हो उसले अनुदान पाउँदैन । यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’

सांसद चौधरीले सरकारी नियम, कानुन र प्रक्रियाकै कारण विकासमा ढिलासुस्ती हुने गरेको उदाहरण पेस गरे ।

‘अहिले हाम्रो देशको विकासको प्रक्रिया कसरी अघि बढेको छ भनेर हेर्न कैलाली  क्षेत्र नम्बर २ अन्तरगत कर्णाली चिसापानीदेखि गुइनी हुँदै सडकखण्डमा देखिएको छ । म पिटे जस्तो गर्छु तँ रोए जस्तो गर’, उनले भने, ‘स्तरउन्नतीका लागि त्यो क्षेत्रमा बजेट विनियोजन भएर टेण्डर आव्हान भइसकेको छ । तर,  वनक्षेत्र पर्ने भएकाले केही रुख काट्नु पर्ने थियो तर रुख काट्न नपाएर काम नै रोकिएको छ ।’

सरकारी नियमले गर्दा नै विकासको काम रोकिनु दुखद भएको बताउँदै उनले तत्काल यस समस्या समाधान गरी काम सुरु गराउन पहल गर्न वन मन्त्रालय,  डिभिजन वन कार्यालय र सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ५ : २७ बजे

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै  

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६० जना महिला उम्मेदवारले

डा. यशोदा रिजालको निलम्बन तत्काल कार्यान्वयन नगर्न उच्चको आदेश, के हो रिजालमाथीको मुद्दा ?

काठमाडौं – उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिलले डा. यशोदा

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य