माल्टा– नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर माल्टामा ‘नेपाल डे’ मनाइएको छ ।
नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनले नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल डे कार्यक्रमको आयोजना गरेको हो ।
उक्त अवसरमा माल्टामा नेपाल झल्किने विभिन्न कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा करिब तीन हजार नेपाली र विदेशी दर्शकको उपस्थिति थियो ।
कार्यक्रमको उद्देश्य देशमा पर्यटन भित्र्याउनु रहेको संस्थाका संयोजक प्रकाश भण्डारीले जानकारी दिए । नेपाल बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, विविध भाषा, भेषभुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको र माल्टिज लगायत युरोपियन देशका पर्यटकलाई नेपाल र नेपाल चिनाउन नै संस्थाले उक्त कार्यक्रम आयोजना गरेको थियो ।