मलेसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

मलेसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा जिल्ला बहुदरमाई गाउँपालिका ५ भौराटार घर भई हाल किर्तिपुर बस्ने हिरालाल महतो नुनिया रहेको प्रहरीले जनाएको छ । ६ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, मलेसिया पुगेपछि राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी पैसा लिएर उनी सम्पर्कविहीन भएका थिए ।

उनले ठगी गरेको भनी वैदेशिक रोजगार विभागले पत्राचार गरेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई चोभारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ६ : ३८ बजे

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं- अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार

होर्मुजमा तनाव चुलिँदा अमेरिकाद्वारा इरानमाथि आक्रमण तीव्र

एजेन्सी -होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु

व्यापार र विकास सहकार्यमा नेपालको आग्रह

काठमाडौं- नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास