‘अर्थतन्त्रको दबाब कम गर्न उद्योगीको सहयोग आवश्यक’ « Khabarhub

‘अर्थतन्त्रको दबाब कम गर्न उद्योगीको सहयोग आवश्यक’


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्सा – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमाथि देखापरेको दबाब कम गर्न उद्योगी व्यापारीको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । उनले राजनीतिक अस्थिरता, कोरोना महामारी र रसिया–युक्रेन युद्धका कारण आर्थिक मन्दीको दुशचक्रमा फसेको नेपाललाई सहज अवस्थामा ल्याउन नेपाली उद्योगपति व्यापारीको सहयोग अति नै आवश्यक रहेकोे बताए।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज वीरगञ्जमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको आवश्यकतालाई १२ महिनासम्म धान्न सकिने विदेशी मुद्राको सञ्चिति भए पनि विश्व मन्दिका कारण अर्थतन्त्रमाथि दबाब परेको उल्लेख गरे।

मन्त्री रिजालले उद्योगी, व्यापारी, राष्ट्र सेवक, राजनीति दल सबै पक्ष एकजुट भइ समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए ।उनले उद्योग व्यापारका क्षेत्रमा विविध समस्या छन् र ती समस्यालाई ऐन कानुन संशोधन गरेर भए पनि सम्बोधन गर्न नेपाल सरकार तयार रहेको जानकारी दिए।

उद्योग व्यापारको विकास विना नेपाल र नेपाली समृद्ध हुन नसकिने भएकाले यी क्षेत्रमा देखिएको समस्यालाई चाँडोभन्दा चाँडो सम्बोधन गर्न उद्योगी व्यापारी र राष्ट्र सेवकको संयुक्त समूह नै गठन गर्न आफू तयार रहेको मन्त्री रिजालले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ९ : ४९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी