आईपीएल : पञ्जाबलाई १५ रनले हराउँदै दिल्ली विजयी « Khabarhub

आईपीएल : पञ्जाबलाई १५ रनले हराउँदै दिल्ली विजयी


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्ली क्यापिटल्सले पञ्चाज किङ्सलाई १५ रनले हराएको हो।

धर्मशालामा राति भएको खेलमा दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पन्जावले भेट्टाउन सकेन। पन्जाव निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९८ रनमा समेटियो।

त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले दुई विकेटको क्षतिमा २ सय १३ रन बनाएको थियो। दिल्लीका लागि रिली रोसोउले सर्वाधिक ८२ रन बनाए। ३७ बल खेलेका उनले ६ वटा चौका र ६ वटै छक्का प्रहार गरेका थिए। त्यसैगरी ५४ रनको अर्धशतकीय इनिङ खेलेका पृथ्वी शाले सात चौका र एक छक्का प्रहार गरे।

आईपीएलमा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्लोर राति पौने ८ बजे हैदरावादमा खेल्नेछन्।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ५ : ५३ बजे

अमेरिकामा १८ अर्ब डलर लगानी गर्दै एस्सार, आयोवामा बनाउँदै देशकै ठूलो स्टिल प्लान्ट

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय बहुराष्ट्रिय कम्पनी एस्सार समूहले अमेरिकाको

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने