साबिक विजेता रियललाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा « Khabarhub

साबिक विजेता रियललाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साबिक विजेता रियल मड्रिडलाई ४-० ले पराजित गर्दै इंग्लिस क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

गएराति सिटीको घरेलु मैदान इतिहादमा भएको सेमिफाइनलको दोस्रो लेगमा ४-० र पहिलो लेगमा १-१ को नतिजा निकालेको सिटी समग्रमा ५-१ को जितसहित फाइनल पुगेको हो।

खेलको २३औं मिनेट र ३७औं मिनेटमा बर्नार्डो सिल्भाले एक- एक गोल गरे। पहिलो हाफमा २-०ले पछि परेको रियल दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन। म्यनुयल अकान्जीले ७६औं मिनेटमा र सब्सिट्युट खेलाडी जुलियन अल्भारेजले खेलको इन्जिुरी समयमा गोल गरेका थिए ।

यो जितसँगै सिटीले फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ। फाइनल जुलाई ११ मा टर्कीको इस्तानबुल स्थित अटार्टुक ओलम्पिक स्टेडियममा हुनेछ।

इन्टर सेमिफाइनलमा एसी मिलानलाई पराजित गर्दै १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको थियो। सिटी दोस्रो पटक फाइनल पुगेको हो।

सिटी यसअघि च्याम्पियन्स लिगमा दुई पटक सेमिफाइनलमा रियलसँग पराजित भएको थियो । २०२१ मा फाइनल पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ६ : ५५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी