झापा र रुपन्देहीबाट लागूऔषधसहित ५ जना समातिए « Khabarhub

झापा र रुपन्देहीबाट लागूऔषधसहित ५ जना समातिए


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  झापा र रुपन्देहीबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका-४ अडिया महलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय दाम भन्ने सुसन धिमालसमेत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले उक्त घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-९ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ बस्ने ४२ वर्षीय नारायण प्रसाद सिंजापतिसमेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान गर्ने क्रममा सोही उपमहानगरपालिका-१९ बस्ने ४१ वर्षीया माया गुरुङलाई १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, नगद २ हजार ५ सय रुपैयाँ र नियन्त्रित लागूऔषध स्पासमुक ३३ क्यापसुलसहित प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  १ : ०० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल