प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वाग्ले निर्वाचित  « Khabarhub

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वाग्ले निर्वाचित 


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन् । राजधानीमा बुधबारदेखि सुरु भएको समाजको १२औँ महाधिवेशन तथा २५औँ साधारणसभाले ३६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक डा मधुसुदन पुनले घोषणा गरेका हुन् ।

वरिष्ठ उपाध्यक्षद्वयमा ईश्वरराज लौडारी र गोकर्ण अर्याल निर्वाचित  भएका छन् । यसैगरी उपाध्यक्षमा कृष्ण केसी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।  

कोशी प्रदेश उपाध्यक्षमा जीवनकुमार राई, मधेश प्रदेश उपाध्यक्षमा रामनारायण देव, वाग्मती प्रदेश उपाध्यक्षमा भरतप्रसाद दवाडी, गण्डकी प्रदेश उपाध्यक्षमा जीवलाल काफ्ले, लुम्बिनी प्रदेश उपाध्यक्षमा शंकरदिवस मजगैयाँ, कर्णाली प्रदेश उपाध्यक्षमा ध्रुवबहादुर मल्ल र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा सुरेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् ।

 यसैगरी महिला उपाध्यक्षद्वयमा अनार बस्नेत र मेनका राजभण्डारी श्रेष्ठ निर्वाचित भएका छन् । समाजको महासचिवमा डा वासुदेव भण्डारी, कोषाध्यक्षमा पुष्पमान श्रेष्ठ, उपमहासचिवमा सिभी मल्ल र सचिवमा प्रा डा अक्कलदेव मिश्र निर्वाचित भएको संयोजक पुनले जानकारी दिए ।

 यसैगरी १९ केन्द्रीय सदस्य पनि महाधिवेशनले निर्वाचित गरेको छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ३ : ५० बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४