ठूला-ठूला भ्रष्टाचारमा प्रमुख दलहरूबीच दलीय सहमति देखियो : अध्यक्ष लिङ्देन « Khabarhub

ठूला-ठूला भ्रष्टाचारमा प्रमुख दलहरूबीच दलीय सहमति देखियो : अध्यक्ष लिङ्देन


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला-ठूला भ्रष्टाचारमा प्रमुख दलहरूबीच दलीय सहमति देखिएको आरोप लगाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध बिहीबार राप्रपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले ठूला भ्रष्टाचारका काण्डहरूमा सबै दलका ठूला दलका नेताहरूको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचार मुद्दा सार्वजनिक भएपनि टुङ्गो लाग्न नसकेको बताएका हुन् । 

उनले शरणार्थी प्रकरण पनि विदेशी चासोका कारण अनुसन्धान भएको भन्दै यसलाई पनि अनुसन्धान नै नसकी फाइल बुझाउने तयारी भइरहेको बताए । उनले यस प्रकरणमा कसैलाई पनि छुट दिन नहुने र राष्ट्रघाती काम गर्ने सबैलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गरे ।

लिङ्देनले राप्रपाको नेतृत्वमा नै हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापित गर्ने भन्दै त्यसका लागि कुनै विदेशीको आशीर्वाद र पैसा नलिने जिकिर गरे । उनले कांग्रेस एमाले र माओवादीबाट मुलुकको आर्थिक विकास र सुशासनको कुनै सम्भावना नै नरहेको बताए ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ४ : ३३ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा